नेपालको पुँजी बजार विकासका लागि धितोपत्र बोर्ड र आईएमएफबीच छलफल

Aug 18, 2026 06:19 PM Merolagani



नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधिबीच भेटवार्ता भएको छ । दुईबीच नेपालको पुँजी बजारको समसामयिक अवस्था र यसको सुधारका विषयमा छलफल भएको छ।

ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा मङ्गलबार सम्पन्न उक्त शिष्टाचार भेटमा नेपालको पुँजी बजारलाई थप सुदृढ बनाउने उपायहरूका बारेमा विस्तृत छलफल भएको हाे ।

भेटका क्रममा पुँजी बजारको दिगो विकास, आवश्यक नीतिगत सुधारका प्रयासहरू तथा धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयमा दुई पक्षबीच गहन विमर्श भएको थियो । अध्यक्ष डा. भट्टले बोर्डले बजारको आधुनिकीकरण र पारदर्शीताका लागि गरिरहेका पहलहरूबारे जानकारी गराएका थिए ।

सो अवसरमा कोषका आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताले नेपालको पुँजी बजार सुधारका लागि बोर्डले चालेका कदमहरूको प्रशंसा गरे । उनले नेपालको वित्तीय क्षेत्रको विकासमा आईएमएफ लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सदैव सहयोग रहने उल्लेख गर्दै आगामी दिनमा पनि नीतिगत र प्राविधिक पक्षमा निरन्तर समन्वय र प्रतिबद्धता रहने आश्वासन दिएका छन् । यस भेटबाट नेपालको धितोपत्र बजारको संस्थागत विकासमा अन्तर्राष्ट्रिय निकायहरूको थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।