लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसे, उद्धारमा कठिनाइ

Aug 26, 2026 03:17 PM merolagani



रसुवामा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ जनाभन्दा बढी मजदुर फसेका छन्।

बाढी वा पहिरोका कारण मजदुरहरू सुरुङभित्रै थुनिएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रबन्ध निर्देशक एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का सचिव विजयमोहन भट्टराईका अनुसार नदीको सतहभन्दा करिब १०० मिटर माथि रहेको सुरुङमा काम गरिरहेका बेला मजदुरहरू फसेका हुन्। फसेका मजदुरहरूसँग मोबाइल सम्पर्क विच्छेद भएकाले उनीहरूको पछिल्लो अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

उद्धारका लागि हेलिकप्टर अभाव

प्रबन्ध निर्देशक भट्टराईले मजदुरहरूको तत्काल उद्धारका लागि हेलिकप्टरको खोजी गरे पनि उपलब्ध हुन नसकेको बताए । आयोजनामा कुल ६० जनाको हाराहारीमा मजदुरहरू कार्यरत थिए। तीमध्ये बाँध क्षेत्रमा काम गरिरहेका कर्मचारीहरू सुरक्षित रहेको खबर आए पनि सुरुङमा रहेका २५ जना र अन्य केही कामदारको अवस्था अझै अज्ञात छ।

 

आयोजनाले अन्य मजदुरहरूको अवस्था बुझ्ने प्रयास भइरहेको जनाएको छ। भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेदका कारण उद्धार कार्यमा थप चुनौती थपिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।