बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको २१ लाख रुपैयाँ सहयोग घोषणा

Aug 27, 2026 05:44 PM merolagani



हिमालयन बुलियन कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितका लागि आर्थिक सहयोग घोषणा गरेको छ।

कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्राकृतिक विपत्तिमा नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहतका लागि हिमालयन बुलियन कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।