प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

Sep 01, 2026 08:55 AM Merolagani



प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

यी दुई फण्डहरुले भदौ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।