स्वरोजगार लघुवित्तले प्राप्ति गरेपछि विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

Sep 03, 2026 04:18 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड(@WNLB@)को शेयर कारोबार रोक्का गरेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL)ले विन नेपाल लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्न लागेकाले नेप्सेले यस्तो निर्णय गरेको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नामबाट आगामी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु हुँदै छ । सोही कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका,२०७९’ को दफा ९ (३) बमोजिम विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरिएको हो।

नेप्सेले २०८३ भदौ १८ गतेको निर्णयअनुसार विन नेपाल लघुवित्तको शेयर कारोबार आगामी भदौ २१ गतेदेखि नै लागू हुने गरी रोक्का राखेको जनाएको छ। स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने कार्य सम्पन्न भइसकेको र अब एकीकृत संस्थाको रूपमा स्वरोजगार लघुवित्तकै नामबाट कारोबार सञ्चालन हुनेछ।