ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ को १२ प्रतिशत लाभांश घोषणा

Sep 07, 2026 12:24 PM Merolagani



ग्लोबल आइएमई क्यापिटलले सञ्चालन गरिरहेको म्युचुअल फण्डका दुईवटा योजनामध्ये एउटाले मात्रै आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ। क्यापिटलको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का लगानीकर्तालाई १२ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो।

यो निर्णयअनुसार ब्यालेन्सड फण्ड-१ का लगानीकर्ताले करसहित कुल १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ बराबरको प्रतिफल पाउनेछन्। यस योजनाको बुक क्लोज अर्थात् दर्ता किताब बन्द हुने मिति पछि सार्वजनिक गरिनेछ।

अर्कोतर्फ, क्यापिटलकै व्यवस्थापनमा रहेको ग्लोबल आइएमई समुन्नत योजना-२ ले भने यस वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ। बाह्य लेखापरीक्षण सकिएलगत्तै क्यापिटलले यो निर्णयबारे धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई औपचारिक जानकारी गराएको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।