करदाता पुरस्कार लट्री : दुई जनालाई १० लाख, ३१ जना पुरस्कृत

Sep 17, 2026 01:12 PM Merolagani



सरकारले भदौ महिनाभर कर तिरेका करदातामध्येबाट लट्री (गोलाप्रथा) प्रणालीमार्फत ३३ जनालाई ‘करदाता पुरस्कार’का लागि छनोट गरेको छ। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको उक्त लट्रीमार्फत दुई जनाले प्रतिव्यक्ति १० लाख रूपैयाँ र अन्य ३१ जनाले पुरस्कार पाउने भएका छन्।

विभागका अनुसार १० लाख रूपैयाँको बम्पर पुरस्कारका लागि ०४८ ९१५ ६१८ २११०३६ ४४७ ८५२ ३७८ नम्बरका बिजक (बिल) छनोट भएका छन्। त्यस्तै, अन्य ३१ वटा बिजक नम्बरहरू पनि पुरस्कारका लागि छानिएका छन्।

सामान्यतया विभागले यो पुरस्कारका लागि पाक्षिक (प्रत्येक १५ दिनमा) रूपमा लट्रीमार्फत उपभोक्ता छनोट गर्ने गर्दछ। यद्यपि, गत भदौ १० गते रसुवामा गएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि भदौ महिनाभरको लट्री एकैपटक गरिएको विभागले जनाएको छ।

बिजक माग्ने बानी बसाल्न पुरस्कार

उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक (बिल) माग्न प्रोत्साहित गर्ने उद्देश्यले विभागले यो कार्यक्रम सञ्चालन गर्दै आएको हो। उपभोक्ताले बिजक मागेपछि व्यवसायीको वास्तविक कारोबार आधिकारिक अभिलेखमा आउने र यसले कर छली नियन्त्रण भई करको दायरा विस्तार गर्न मद्दत पुग्ने विभागको अपेक्षा छ।

 

विभागका निमित्त महानिर्देशक जनक पौडेलका अनुसार यस कार्यक्रमले उपभोक्तामाझ बिजक माग्ने प्रवृत्ति बढाउन उल्लेखनीय सहयोग पुर्‍याएको छ। "पछिल्लो समय सामान वा सेवा खरिद गर्दा बिजक माग्ने उपभोक्ताको संख्या बढ्दै गएको छ," पौडेलले भने, "बिजक माग्दा दिन नमानेका वा अटेर गरेका व्यवसायीलाई सचेत गराउने तथा अनुगमन गर्ने कार्यलाई पनि विभागले निरन्तरता दिएको छ।"

पुरस्कारका लागि छानिएका बिजक नम्बरहरू:

क) १० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने बिजक नम्बरहरू:

  1. ०४८ ९१५ ६१८ २११

  2. ०३६ ४४७ ८५२ ३७८

ख) पुरस्कारका लागि छानिएका अन्य ३१ बिजक नम्बरहरू:

  • ०३२ ४५४ २६९ २७५

  • ०३८ ३२८ ०९१ ४४४

  • ०३७ ५७८ ६२६ ७४०

  • ०३३ १४४ १६५ ६६६

  • ०३६ ८२५ ६१९ ९४४

  • ०४४ ७४५ ४८९ ४८८

  • ०४२ ६१८ ४७७ ६२०

  • ०३९ ७०५ ९४२ ९५९

  • ०३५ ९०७ ३३५ ९६०

  • ०४६ ०९२ १८८ ९६२

  • ०३४ ६३६ ८८५ ८९७

  • ०४० ००९ ४६२ ६३४

  • ०४१ ३६५ ६६१ ५३०

  • ०४३ ७४६ ६३३ ०४२

  • ०४५ ६७१ ४९९ ५२५

  • ०४७ ७५१ ६२९ १२०

  • ०५३ ७७७ ६३४ २२६

  • ०५६ ४७१ ६८६ ००३

  • ०६० १०८ ६९५ ५०७

  • ०५८ ५०३ ९७६ ७१९

  • ०४९ ५२३ २१४ ६७४

  • ०५४ ६०९ ००४ ४७७

  • ०५७ ०५२ ८७४ ९४३

  • ०५० १९४ ५४२ ४०६

  • ०५२ २४८ ४४५ ०५८

  • ०५१ ५८५ ६५४ ६३५

  • ०४८ ०९८ ५५७ ३७३

  • ०५९ ८८२ २०८ १५७

  • ०५५ ६१८ ८७७ १६७

  • ०६१ ७०९ २०७ ४९९

  • ०६२ ९१९ १९५ ४५६




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।