'अर्थतन्त्रको कुलदेवता स्वदेशी व्यवसायी हुन्, उनीहरु ढुक्क नभएसम्म न पुँजी बजार चल्छ, न त विदेशी लगानी नै आउँछ’

Sep 17, 2026 03:31 PM Merolagani



सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारी आचार्यले अर्थतन्त्रको कुलदेवता स्वदेशी व्यवसायी भएकाे र उनीहरु ढुक्क नभएसम्म न पुँजी बजार चल्ने, न त विदेशी लगानी नै आउने बताएकी छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्ताे बताएकी हुन् ।

‘शास्त्रमा भनिएको छ, आफ्नो कुलदेवतालाई असन्तुष्ट राखेर गरिएको तीर्थाटनले कहिल्यै फल दिँदैन । हाम्रो अर्थतन्त्रको कुलदेवता भनेकै यही माटोमा जोखिम मोल्ने स्वदेशी उद्यमी व्यवसायी हुन्’, उनले भनिन्, ‘जबसम्म आफ्नै देशका व्यवसायी ढुक्क हुँदैनन्, तबसम्म न आन्तरिक अथतन्त्र चलायमान हुन्छ, न पुँजी बजार चल्छ, न विदेशी लगानी नै आउँछ।’

अधिकारीले निजी क्षेत्रको कमजोर मनोबल उकास्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। पुनर्निर्माणमा स्वदेशी स्रोत, साधन र उत्पादनको अधिकतम प्रयोग गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।