सरकारको ६ महिनाको हिसाब बोकेर रास्वपा हरेक पालिकामा पुग्‍ने, २,९५० अंकबाट घटेर २,५९८ बन्द भएकाे बजारका बारेमा के भन्ने हाेला ?

Sep 30, 2026 03:22 PM Merolagani



स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज २० गतेदेखि देशभरका पालिकामा पुग्ने अभियान घोषणा गरेको छ। तर, पार्टीका अनुसार यो अभियानलाई केवल चुनावी तयारीका रूपमा मात्रै नलिई सरकार गठन भएयताका करिब ६ महिनाका काम, नीतिगत पहल र आगामी योजनाबारे नागरिकसँग संवाद गर्ने अवसरका रूपमा पनि अघि बढाउने भएकाे हाे।

तर, सरकार गठनअघिको अन्तिम कारोबार दिन अर्थात गत चैत १२ गते नेप्से २,९५०.१६ अंकमा बन्द भएको थियो। त्यसको ठीक ६ महिनापछि असोज १३ गतेको कारोबारमा सूचक २,५९८.८९ अंकमा झरेको छ। यसरी गिरावट भएकाे बजारका बारेमा रास्वपाले लगानीकर्तालाई के भन्ने हाेला ?

रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने पार्टीले जनाएको छ। अभियानमार्फत स्थानीय नागरिकका समस्या र अपेक्षा सुन्नुका साथै सरकार र संसदबाट भएका कामबारे जानकारी गराउने तयारी छ।

पार्टीका अनुसार यसपटक रास्वपाको अभियानमा नागरिकका कुरा सुन्ने मात्र होइन, पार्टीले गरेका काम र आगामी योजनाबारे आफ्नो धारणा राख्ने पक्षलाई पनि प्राथमिकता दिइनेछ।

अभियानको अर्को प्रमुख विषय आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया रहनेछ। रास्वपाले स्थानीय नेतृत्वका लागि सक्षम र नेतृत्व लिन तयार व्यक्तिलाई कसरी छनोट गर्ने भन्नेबारे नागरिकलाई जानकारी गराउने बताएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।