यसअघि सरकारी कर्मचारीले ८ प्रकारका बिदा पाउँदै आएका थिए। विधेयकमा महिला कर्मचारीका लागि महिनावारी (रजश्वला) बिदा थप गर्ने प्रस्ताव गरिएको हो ।
सरकारी कर्मचारीले भैपरी आउने बिदा, घर बिदा, मातृत्व तथा प्रसूति बिदा, प्रसूति स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा र असाधारण बिदा पाउँदै आएका छन्। त्यसमा अब महिनावारी बिदा पनि थपिनेछ। तर विधेयकमा महिनावारी बिदा कति दिन पाउने भन्ने स्पष्ट व्यवस्था गरिएको छैन।