नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा निरन्तर घटिरहेकाे सुन र चाँदीको मूल्य यस दिन भने बढेकाे हाे।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा चाँदी प्रतितोला चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।
