नक्कली भुटानी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त

Nov 12, 2026 11:49 AM Merolagani



पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । नक्कली भुटानी प्रकरणमा ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका रायमाझी बिहीबार जेलमुक्त भएका हुन् ।

डिल्लीबजार कारागारमा राखिएका उनलाई बिहान परिवारको सदस्यको जिम्मा लगाइएको प्रहरी अधिकारीले जानकारी दिए ।

जेष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधानका कारण उनी जेलमुक्त भएका हुन् । रायमाझी २० वैशाख २०८० मा पक्राउ परेका थिए । रायमाझीलाई जिल्ला अदालत काठमाडौंले चार वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको थियो ।

ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । उनले जम्मा चार वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला भएको थियो ।




हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Nov 08, 2026 06:30 AM

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।