सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बिदाको दिनमा समेत नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए। उनका अनुसार, अन्य नियमित कार्यदिनमा जस्तै सोमबार पनि बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सम्पूर्ण सेवाहरू प्रवाह हुनेछन्।
सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानी सेवा लिन कुनै असुविधा नहोस् भन्ने उद्देश्यले विभाग खुला राख्ने व्यवस्था मिलाइएको महानिर्देशक विश्वकर्माले बताए। यद्यपि, छठ पर्व मनाउने विभागका कर्मचारीहरूलाई भने सोमबार बिदा दिइएको छ।