अब काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ बजे सम्ममा प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।
“बिहान ५ बजेपछिमात्र बल्खुबाट उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवं सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्नेछ यात्रुवाहक भाडाका एवं सार्वजनिक सवारीसाधनहरुको अवस्थाको । पूर्ण रुपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्नुपर्नेछ । साँघुरा सडक खण्ड, यान्त्रिक अवस्था ठिक नरहेका सवारी साधनहरूको प्रयोग, सवारी चालकहरुको लापरवाही, तीव्र गति, भिरालो र घुम्तीयुक्त सडक, रातको समयमा अध्यारो सडकमा यात्रा गर्दा सर्वसाधारण यात्रु एवं सवारी चालक र सवारी साधन समेतको जोखीम उच्च रहेको छ,” जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकाल्दै भनेको छ ।