सेयर राफसाफमा ढिलाइ गरेपछि मनि वर्ल्ड सेक्युरिटिज तीन दिन निलम्बनमा, लगानीकर्ताले सेयर कारोबार गर्न पाएनन

Nov 26, 2026 02:04 PM Merolagani



तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट नगरेपछि मनि वर्ल्ड सेक्युरिटिज प्रालि तीन कार्य दिनका लागि निलम्बनमा परेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावलीको अधारमा कम्पनीलाई तीन कार्य दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मंसिर ९ गते पत्र पठाउँदै तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भन्दै कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले निलम्बनको निर्णय गरेको हो ।

सोही संस्थामा मात्रै सेयर डिम्याट खाता र कारोबार खाता (टीएमएस) हुने लगानीकर्ताले निलम्बन अवधिभर सेयर कारोबार गर्न नपाउने भएका छन् ।