खस्कँदो अर्थतन्त्र र जनजीविका संकटमा रहँदा सरकार उदासीन भएको नेपाली कांग्रेसकाे निष्कर्ष, यस्ताे छ ९ बुँदे निर्णयकाे पूर्णपाठ

Nov 28, 2026 09:23 PM Merolagani



मुलुकको अर्थतन्त्र संकटमा पर्दा पनि सरकार उदासीन रहेको आरोप कांग्रेसले लगाएको छ ।

पार्टीको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले मुलुकको खस्कँदो अर्थतन्त्र, बढ्दो महँगी र संकटग्रस्त जनजीविकाप्रति सरकार गम्भीर नरहेको निष्कर्ष पार्टीको रहेको बताएका हुन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रलाई सुधार गर्ने विषय सरकारको प्राथमिकमा नै नपरेको बताए ।

नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको उल्लेख गर्दै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा प्रभावित भएको उनले बताए ।

साना तथा मझौला उद्यमी व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्नसमेत नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि लगानी विस्तार हुन नसक्नु चिन्ताको विषय भएको उनले बताए । ''नेपाली कांग्रेसले अर्थतन्त्रलाई सरोकार सरकारको प्राथमिक कार्यसूची बनाउन निरन्तर आग्रह गर्दै आएको छ ।

अर्थतन्त्रका विभिन्न समस्या र तिनको समाधानका उपाय बारे पटक पटक सरकारको ध्यानाकर्षण गर्दै आएको छ । तर अर्थतन्त्र र जीविकाका सवालप्रति सरकारको अपेक्षित गम्भीरता र संवेदनशीलता देखिएको छैन,'' महामन्त्री पौडेलले भने,''आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको छ । दैनिक उपभोग्य वस्तुको वस्तुको महँगीले नागरिकको भान्छा थिचिएको छ ।

अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थपरक विवरण सार्वजनिक गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ । निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्ने, साना तथा मझौला उद्यमीका समस्या समाधान गर्ने, पुँजीगत खर्च बढाउने र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्ताे छ ९ बुँदे निर्णयकाे पूर्णपाठ