चार कम्पनी गाभिएर एनएमबी बन्यो निजी क्षेत्रको सर्वाधिक चुक्ता पूँजी भएको बैंक

Oct 18, 2015 Merolagani

एनएमबी बैंकमा चार वटा कम्पनी गाभिएपछि पूँजीका हिसावले निजी क्षेत्रको सबैभन्दा ठूलो बाणिज्य बैंक बन्न सफल भएको छ । असोज ३० गते एनएमबी बैंकले राजधानीमा बिशेष कार्यक्रम गरी चार वटा संस्थाहरुलाई आफुमा गाभेर ऐतिहासिक उपलिब्ध हासिल भएको घोषणा गरेको हो ।

एनएमबीमा क्लिन ईनर्जी, पाथिभरा, भृकुटी बिकास बैंक र पु्रडेन्सियल फाईनान्स गाभिएपछि चुक्ता पूँजी ६ अर्ब २० करोड पुगेको एनएमबी बैंकले जनाएको छ । निजी क्षेत्रका बैंकहरुमा हालसम्म ग्लोबल आइएमईको पाँच अर्ब एक करोड र नेपाल ईन्भेष्टमेन्ट बैंकको चार अर्ब ७७ करोड लाई  सर्वाधिक पूँजी भएको बैंकमा गणना गरिदै आएको थियो । एनएमबीले त्यो रेकर्ड तोडेको छ । 

बैंकको निक्षेप ५४ अर्ब, कर्जा ४१ अर्ब पुगेको छ भने शाखा संख्या ६९ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३० गते आयोजित एक कार्यक्रममा एनएमबी बैंकमा चार संस्थाको मर्जर पुरा भएको घोषणा गर्नुभयो ।

बैंकले कार्तिक १ गतेदेखि औपचारिक रुपमा संयुक्त कारोबार थालेको छ । काठमाडौको बबरमहलमा मुख्य कार्यालय रहेको एनएमबीले अघिल्ला आर्थिक बर्षहरुमा लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल दिदै आएको छ ।

चार संस्था मर्ज गरेर बलियो संस्था बनेकाले राष्ट्र बैंकले ल्याएको आठ अर्बको चुक्ता पूँजी सम्बन्धी प्राबधानले एनएमबी बैंकलाई कुनै असर नपर्ने देखिएको छ । बेंकले बोनस शेयरबाटै दुई बर्षमा ८ अर्ब पुर्याउनसक्ने छ ।

मर्जर सम्पन्न भएकाले राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्जलाई औपचारिक जानकारी गराएपछि दशैपछि कम्पनीको शेयर कारोबार चालु हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।