व्यवसाय सञ्चालन गर्न बैंकले ऋण नदिए ४४११२५० मा फोन गर्नुस् : गभर्नर नेपाल

Dec 14, 2015 Mero Lagani



सरकारले कृषिमा रहेको बजेट वृद्वि गरे पनि सोहीअनुसार खर्च हुन नसक्नु दुखद भएको भन्दै केन्द्रीय बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले युवा जनशक्तिलाई कृषि पेशामै केन्द्रीत गर्ने गरी सरकारी कार्ययोजनाहरु आउने र युवाहरुलाई कृषिमै लाग्न प्रेरित गर्ने नीति राष्ट्र बैकको रहने बताएका छन् ।

‘कृषि विकासका लागि सञ्चार अभियान’ विषयक कार्यक्रममा गर्भनर नेपालले कृषि व्यवसाय सञ्चालन गर्न बैंकले ऋण दिन तयार नभए ४४११२५० मा फोन गर्न आग्रह गरेका छन् ।

यो फोन नम्बर राष्ट्र बैंकको हटलाइन हो । उनले पश्चिमका विकट १० जिल्ला र मध्य तराईका गरिबी रहेका १ सय १४ गाविस र ३ नगरपालिकामा कृषि कर्जाका लागि विशेष सहुलियतको व्यवस्था गरेको बताए ।

कृषि पेशालाई अब्बल दर्जाको पेशाको रुपमा रुपान्तरण गर्न आवश्यक भएको भन्दै उनले भने, ‘कृषि कर्जा नपाएका किसानहरु नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आउन सक्ने र उक्त कार्यालयको हटलाईन नम्बरमा सम्पर्क गर्नुहोस् ।’

यस्तै दुर्गम जिल्लाका बाटो नपुगेका स्थानका १० लाख रुपैयाँ ऋण दिने, विकट जिल्लाका किसानलाई १ प्रतिशत र उत्पादनमुखी कृषि, पशुपक्षीपालनमा लागेका किसानहरुलाई चार प्रतिशतमा पुर्नकर्जा दिने निती आईसकेकोले किसानहरुले उक्त सेवाबाट फाईदा लिन सुझाव दिए । ‘क्षेत्र नै तोकेर राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा ऋण प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १ प्रतिशतमा पुनकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।’ उनले भने ।

सो अवसरमा कृषिमन्त्री हरिबोल गजुरेलले मुलुक कृषिप्रधान देश हुँदाहुँदै पनि कृषिमा बढिरहेको परनिर्भरतालाई अन्त्य गर्न यस क्षेत्रमा श्रमशक्ति परिचालन गर्न चुनौतीपूर्ण रहेको बताए । सो अवसरमा कृषिमन्त्री गजुरेलले भने, ‘मुलुकमा कृषि उत्पादनमाथि भईरहेको परनिर्भरताका कारण राष्ट्रिय स्वाधिनतामै आँच आएको छ, यसलाई बदल्नका लागि युवा तथा श्रमशक्तिलाई मुलुकमै परिचालन गर्नु अत्यावश्यक छ ।’ हालै मन्त्रालयले जारी रहेको २७ बुँदे कृषि प्रतिबद्वताको दुई तिहाई कार्ययोजनाहरु कार्यान्वयन गर्ने प्रतिबद्वता जनाउदै उनले आगामी दुई वर्षमा कृषिलाई आत्मनिर्भर बनाउने दाबी गरे ।

 

पाँच कृषि पत्रकारलाई पुरस्कार प्रदान

नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले कृषि विकास बहुउद्देश्यीय सहकारी लिको सहकार्यमा यो बर्ष पनि पाँच जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । विभिन्न जिल्लाका तीन र राजधानीका दुई कृषि पत्रकारलाई प्रतिव्यक्ति नगद दश हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेका गरेको हो । सम्मानीत हुनेमा विबिसि नेपाली सेवाका सुभाष कार्की, राजधानी दैनिककी लक्ष्मी सापकोटा, गोरखापत्र (कालिकोट) का विष्णु न्यौपाने, नयाँ पत्रिकाका इलामका ख्यामप्रसाद भूजेल र कान्तिपुर दैनिक (दैलेख) का प्रकाश अधिकारी रहेका छन् ।

.................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।