प्रभु समूहको सफलताः बिग्रे-भत्केका र डुबेका कम्पनी किनेर अब्बल बाणिज्य बैंक

Feb 12, 2016 Merolagani

राम्रा कम्पनीहरुलाई झनै राम्रो बनाउनु खासै बहादुरी मान्न सकिन्न तर बिग्रे, भत्केका र कहिल्यै उठ्न नसक्ने गरी डुबेका कम्पनीहरुलाई किनेर राम्रो बनाई समाजमा उदाहरण प्रस्तुत गर्नु चाँही तारिफ नगरी नहुने काम मान्नुपर्छ । प्रभु समूह अहिले यही कारणले चर्चामा छ किनभने शुक्रबारदेखि प्रभु बैंकले धरासायी भएको ग्राण्ड बैंकलाई आफुमा गाभेर नयाँ श्रृंखला पार गरेको छ ।

 

यस्तो छ प्रभुको कथा


२०६३ सालमा ५ करोड चुक्ता पूँजीका साथ प्रभु फाईनान्सको रुपमा स्थापना भएको कम्पनीले १२ बर्षमा बिग्रे, भत्केका र डुबेका कम्ँपनीहरुलाई गाभ्दै चुक्ता पूँजी ५ अर्ब २४ करोड नघाएको छ ।

२०७० सालमा बैभव फाईनान्स र सम्बृद्धि बिकास बैंकलाई आफुमा समाहित गरेर ७६ करोड चुक्ता पूँजी नघाएको प्रभुले त्यसपछि संकटग्रस्त बनेको बाणिज्य बैंक किष्टलाई किनेर जेनिथ फाईनान्स र गौरीशंकर बिकास बैंकलाई आफुमा गाभेको थियो । योसंगै प्रभु बाणिज्य बैंक बनेर चुक्ता पूँजी ३ अर्ब २० करोड नाघेको थियो ।

संस्थागत सुशासनको कमी तथा घरजग्गा क्षेत्रमा अधिक कर्जा प्रबाह गर्दा कर्जाको सार्वा ब्याज असुल हुन नसकी संकटमा फसेको किष्ट  बैंकलाई किन्नु प्रभु समूहका लागि अर्को अबसर सावित भयो ।

२०७१ सालमा किष्टलाई किने लगत्तै अर्को बाणिज्य बैंक ग्राण्ड पनि संकटमा फस्यो । ग्राण्डको समस्या पनि किष्टको जस्तै थियो । त्यसलाई पनि किन्ने निर्णयमा पुगेको प्रभु समूहले एक दशक अघि संकटग्रस्त भई बिघटनमा गएको नेपाल बिकास बैंकलाई पनि किन्यो । अहिले ग्राण्ड बैंकलाई सफलतापूर्वक आफुमा गाभेपछि संकटग्रस्त कम्पनी किन्ने बैंकहरुमा प्रभु हिरो नै भएको छ ।

प्रभुको नयाँ रुप


ग्राण्डलाई आफुमा मिलाएपछि अब प्रभुको चुक्ता पूँजी ५ अर्ब २४ करोड, निक्षेप ५६ अर्ब, कर्जा ४१ अर्ब, शाखा संख्या १३६, एटीएम संख्या १२२ र ग्राहक संख्या ७ लाख ५० हजार नाघेको छ । शाखा संजाल र ग्राहक संख्याको हिसावले यो निजी क्षेत्रको सबैभन्दा ठूलो बाणिज्य बैंकमा गनिएको छ । प्रभुले आफ्नो लैनचौरस्थित भवन बेचे पनि अझै उसंग किष्टले बनाएको बबरमहलको भब्य भवन र ग्राण्ड बैंकको कमलादीस्थित ब्यवसायिक भवन लोभलाग्दो सम्पतिको रुपमा स्वामित्वमा आएको छ । यी दुई मध्ये एक भवन बेचेर पनि प्रभुले करोडौ आम्दानी बढाउनसक्ने संभावना छ ।


प्रभु बैंकले खुद नाफा ५५ करोड नघाएको छ भने निस्क्रिय कर्जाको मात्रा ग्राण्डको समेत भारी बोक्दा केही बढी नै हुने संभावना छ । बिगतमा किष्ट बैंकलाई किनेपछिको अबस्थामा पनि निस्क्रिय कर्जा अनुपात २८ सम्म पुगेकोमा प्रभुले आफुलाई सुधारेर निस्क्रिय कर्जाको अनुपात ग्राण्डलाई मिसाउनु अघि सम्म ५ प्रतिशतको हाराहारीमा झारेको छ भने ग्राण्डतर्फको ८ अर्ब कर्जामा अधिकांश धितो सुरक्षण रहेकाले कर्जा असुलीमा खासै समस्या नआउने बताईन्छ । यस बर्ष प्रभुले किष्ट र ग्राण्डको खराब कर्जा असुली गर्दैमा बित्ने र आर्थिक बर्ष ०७३।०७४ मा आशलाग्दो जगेडा कोषसहित लाभांश दिनसक्ने अबस्था पुग्ने आँकलन गरिएको छ । अहिलेको जस्तै खराब कर्जा असुली तीब्र पारेमा प्रभु बिग्रे, भत्केका र डुबेका कम्पनी किनेर एउटा सफल ब्यवसायिक संस्था बनेको उदाहरणको रुपमा लिन सकिनेछ ।

 

 

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।