४० अर्ब रुपैयाँ लैजान दोस्रो दिन पनि राष्ट्र बैंकमा कोही तयार भएन

Jan 18, 2017 Merolagani



तरलता संकट हल्ला मात्रैः अब त झन् प्रमाणित

बैंकहरुले आफुसँग लामो अबधिका लागि कर्जा प्रबाह गर्ने रकम अर्थात तरलता नभएर संकट ब्यहोर्न परेको गुनासो गरिरहेको बेला नेपाल राष्ट्र बैंकले दोस्रो दिन ४० अर्ब बजारमा पठाउन चाहे पनि लिने कोही भएनन् ।

 

राष्ट्र बैंकले हाल प्रचलित अन्तर बैंक ब्याज दर ३.७४ प्रतिशत भन्दा माथिको दरमा ४० अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने सूचना मंगलबार पहिलोपल्ट जारी गरेको थियो । त्यस दिन स्टान्डर्ड चार्टर्डले एक अर्ब ५३ करोड रुपैयाँ तोकिएको ब्याज दर भन्दा माथि बोलकबोल गरेर लगे पनि अन्य ६ वटा बैंकले न्युन ब्याज दरमा रकम माग गरेका थिए । बुधबार बोलकबोलमा सहभागी ६ वटा बैंकहरुले झन् ३.७४ प्रतिशत भन्दा तल झरेर रकम माग गरेर कसैले पनि रकम लैजान नचाहेको पुष्टि गरे ।

लगातार दोस्रो दिन पनि ४० अर्ब लैजान सूचना गर्दा पहिले राष्ट्र बैंक ऋण पत्र खरिद गरेका २७ वटा बैंक तथा बित्तीय संस्था मध्ये अधिकांशले चासो नदेखाउनुले तरलता संकट उनीहरुमा नरहेको स्पष्ट हुन्छ ।

बैंकहरुले साधारण बचत खातामा सर्बसाधारणलाई दिईरहेको ब्याज दर भन्दा सस्तोमा ६ महिने अवधिका लागि रकम लैजान राष्ट्र बैंकले प्रस्ताव गरे पनि बैंकहरु पछि हट्नुले तरलता संकट बनावटी हल्ला मात्रै भएको प्रमाणित गरेको छ ।

बैंकहरुले तरलता संकट भन्दै अनाबश्यक हल्ला गर्ने, सस्तोमा पैसा दिंदा नलैजाने र सर्बसाधारणलाई कर्जाको ब्याज दर महंगो पारेर शोषण गर्ने प्रबृत्ति देखियो, राष्ट्र बैंकका एक अधिकारीले मेरोलगानी डटकमसँग भने ।

बैकहरुले रकम नलगे पनि राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकम पठाउने प्रयास भने जारी राख्ने भएको छ । उसले बिहीबार १० अर्बको ट्रेजरी बिल खरिद गर्ने सूचना जारी गरेको छ । राष्ट्र बैंकका अधिकारीले शुक्रबार पनि तरलता बजारमा पठाउन उपकरण प्रयोग गरिने संभावना ब्यक्त गरे ।



यस अघि राष्ट्र बैंकले २० र १० अर्बको रिपो जारी गरेर बित्त बजारमा १४ दिने अवधिको लागि तरलता पठाउन खोज्दा पनि निकै कम संस्थाले माग गरेका थिए ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।