रिलायबलको हकप्रद खारेज, ग्लोबल आईएमईमा विलय हुने

Mar 15, 2017 Merolagani



रिलायवल डेभलपमेन्ट बैंक (REDBL) ले अघिल्लो आर्थिक वर्षको साधारण सभाबाट पारित गरेको हकप्रद खारेज गर्दै ग्लोबल आईएमई बैंक (GBIME) मा विलय हुने निर्णय गरेको छ । बैंकको बुधबार सम्पन्न एघारौं बार्षिक साधारणसभाले एक बराबर एक कित्ता हकप्रद खारेज गर्दै २८ दशमलव १४ प्रतिशत बोनस बितरणको प्रस्ताव पनि पारित गरेको हो ।

साधारण सभामा हकप्रद र ग्लोबल आईएमई बैंकसँग हुने विलयका सम्बन्धमा उठेका अनेकौ रस्सा कस्सीका बिच ग्लोबल आईएमईमा विलय हुने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

आर्मी अफीर्सस क्लब भद्रकालीमा सम्पन्न साधारणसभाले ग्लोबल आईएक बैंकसँग एक्वायरमा जाने भनी गत असोज १४ गते गरेको सम्झौता अनुमोदन गरेसँगै रिलायबलको अस्तित्व हराउने पक्का भएको हो । अब रिलायबललाई ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने बाटो खुलेको छ ।

साधाणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले अघिल्लो बार्षिक साधारण सभामा उचित प्रस्ताव नलगिएका कारण लगानीकर्ता हकप्रद र विलयको विषयमा अन्यौलमा परेकोतर्फ ध्यानाकर्षण गराएका थिए । सभामा बोल्ने सेयरधनीहरुले बैंकको अपरिपक्व निर्णयका कारण हकप्रदको आस्वासनले महंगोमा सेयर किनेर फस्नु परेको आरोप लगाएका थिए । बैंकले डिडिएबाट सेयर स्वापको अन्तिम निर्णय गर्ने बताउँदै गर्दा लगानीकर्ताले एक बराबर एकको अनुपातमा सेयर स्वाप मिलान गरिनु पर्नेमा जोड दिएका थिए ।

साधारण सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले आफ्नो अस्तित्व समाप्त पारि अन्य संस्थासँग मर्जरमा जानुपर्ने पक्ष दुखद भएको बताएका थिए । तर लगानीकर्ताको हितलाई ध्यानमा राखेर नै बाध्यात्मक परिस्थतीमा मर्जमा जानु परेको उल्लेख गरे । हकप्रद निष्काशन गर्दा ग्लोबल बैंकसँग एक्वायर रद्ध हुनुका साथै राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन नसक्ने अवस्थालाई आत्मसाथ गर्न पनि उनले लगानीकर्तालाई आग्रह गरेका थिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष राधेश्याम अग्रवालले रिलायबल यस अघि नेपाल बंगलादेश बैंकसँग विलय हुने सोचमा पुगे पनि अस्तित्व जोगाउन हकप्रदको बाटो रोजिए पनि त्यसले पुर्णता पाउन नसक्दा ग्लोबल आईएमईमा विलय हुनु परेको बताएका थिए ।

तत्कालीन अवस्थामा फाईनाइन्स कम्पनी रहँदा पनि ५० प्रतिशत हकप्रद प्रस्ताव गरी त्यसलाई रिलायबलले रद्ध गरेको थियो ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।