सनराइज बैंकको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

May 11, 2017 merolagani

सनराइज बैंक (SRBL) ले बिक्री गर्न लागेको ३० प्रतिशत हकप्रद सेयर लिन ईच्छुक लगानीकर्ताले विहीबारसम्म सेयर खरिद गरिसक्नुपर्नेछ । बैंकले हकप्रदका लागि बैशाख ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । २९ गते शुक्रबार सेयर कारोबार नहुने भएकाले हकप्रद लिन इच्छुक लगानीकर्ताले आजै सेयर किन्नुपर्नेछ ।

बैंकले एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागेको हो ।

बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । ३० प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ ।

बैंकले यसअघि हकप्रद निश्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोके पनि हाल आएर आफ्नै स्वामित्व रहेको एनसीएम मर्चेन्ट क्यापिटल मार्फत हकप्रद बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउन बैंकले चालु आर्थिक वर्षको कमाईबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने देखिन्छ ।

सनराईज बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ८६ करोड खुद नाफा कमाएको छ । जून गत बर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशत बढी हो ।

सनराईन बैंकले गत बर्ष नारायणी नेशनल फाईनान्सलाई गाभेको थियो ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।