समता माइक्रोफाइनान्सको सेयर कारोबार खुल्यो,कति तोकियो मूल्य ?

Jun 01, 2017 merolagani

बारा जिल्लामा केन्द्रिय कार्यालय रहेको समता माईक्रोफाईनान्सको विहीबारदेखि नेप्सेमा सेयर कारोबार खुलेको छ । कम्पनीले गतसाता मात्र नेप्सेमा तीन लाख १६ हजार कित्ता सेयर सूचिकृत गराएको थियो ।

नेप्सेमा समताको कारोबार (SMATA)  कोड बाट हुने नेप्सेले जनाएको छ । जसको कारोबार खुल्ने मूल्य प्रतिकित्ता १३४ रुपैयाँदेखि ४०३ रुपैयाँ तोकिएको छ । 

कम्पनीले गत पुसमा ९४ हजार आठ सय कित्ता साधारण सेयर निष्काशन गरी बाँडफाँड गरेको थियो । जसमा आठ हजार आठ सय ५६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्समा तीस जना संस्थापकहरुको दुई करोड २१ लाख २० हजार रुपैयाँ लगानी रहेको छ ।

तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा जारी गरेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।