मौद्रिक नीतिमा समावेश गर्नुपर्ने लगानीकर्ता संघको यस्ता छन दश सुझाब

Jun 23, 2017 merolagani



सेयर लगानीकर्ता संघ नेपालले आगामी मौद्रिक  नीतिमा मार्जिन कल तथा व्यक्तिगत कर्जाको सिमा बढाउन माग गरेको छ । संघले आगामी मौद्रिक नीतिका सम्वन्धमा सुझाव संकलन गरिरहेको राष्ट्र बैंकलाई विहीबार दश बुँदे मागपत्र बुझाएको हो ।



संघले राष्ट्र बैंकका उच्च अधिकारीहरुसित बिहीबार भेटवार्ता गरी मार्जिन कल बढाएर ७० प्रतिशत कायम गर्न आग्रह गरेको छ। हाल सेयर धितोवापत कुल मूल्याङ्कनको ५० प्रतिशत मात्रै कर्जा प्रवाह हुने व्यवस्था छ । त्यस्तै संघले सेयर धितोमा कर्जाको सीमा बढाएर ५ प्रतिशत कायम गर्न सुझाब दिएको छ ।

शेयर बजारलाई उत्पादन क्षेत्रभनि प्रष्ट रुपमा किटान गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई नाफामुखि भन्दा सेवामुखि बनाईनुपर्ने, बैंक तथा वित्तीय संस्थाले पूँजी बढाउदा बोनस मात्र दिनुपर्ने लगायतका सुझाब संघले राखेको छ ।

साथै संघले राष्ट्र बैंकले लगानीकर्तालाई सचेतनामुलक कार्यक्रमहरु ल्याउनुपर्ने, बैंकहरुलाई सेयर दलाल लाईसेन्स दिनुपर्ने लगायतका दश बुँदे सुझाब पेश गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।