बैंकहरुको संस्थापक निक्षेप थप पाँच प्रतिशत घट्ने

Jul 09, 2017 Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुमा संस्थापक निक्षेप थप पाँच प्रतिशत घटाउने नीति ल्याएको छ ।

नयाँ मौद्रिक नीतिले बैंक तथा बित्तीय संस्थाहरुको साविकको संस्थापक निक्षेपको ५० प्रतिशतबाट २०७५ असार मसान्तसम्म पाँच प्रतिशत घटाई ४५ प्रतिशत कायम गर्नुपर्ने ब्यवस्था गरेको छ ।

बैंकहरुले महंगो ब्याज दरमा संस्थागत निक्षेप लिने होडबाजी गरिरहेको बेला राष्ट्र बैंकको नियन्त्रणकारी नीति आएको हो । यसले सर्बसाधारणको निक्षेप बृद्धि गर्न बैंकहरुलाई दबाब पर्ने छ ।

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।