बैंकहरुको संस्थापक निक्षेप थप पाँच प्रतिशत घट्ने

Jul 09, 2017 Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुमा संस्थापक निक्षेप थप पाँच प्रतिशत घटाउने नीति ल्याएको छ ।

नयाँ मौद्रिक नीतिले बैंक तथा बित्तीय संस्थाहरुको साविकको संस्थापक निक्षेपको ५० प्रतिशतबाट २०७५ असार मसान्तसम्म पाँच प्रतिशत घटाई ४५ प्रतिशत कायम गर्नुपर्ने ब्यवस्था गरेको छ ।

बैंकहरुले महंगो ब्याज दरमा संस्थागत निक्षेप लिने होडबाजी गरिरहेको बेला राष्ट्र बैंकको नियन्त्रणकारी नीति आएको हो । यसले सर्बसाधारणको निक्षेप बृद्धि गर्न बैंकहरुलाई दबाब पर्ने छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।