४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको काममा ढिलाइ,लागत ७ अर्ब बढ्यो

Aug 20, 2017 RSS



चार सय छपन्न मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान गरिएको छ ।

 

गत आव ०७३/७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे पनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । डलरको मूल्यमा उतारचडाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबड्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण रु ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

विदेशी विनिमय दरमा भएको वृद्धि, बजार मूल्य, भूकम्पले क्षति पु¥याउँदाको दुई वर्ष ढिलाइलगायतका कारण आयोजनाको लागत करिब रु सात अर्ब ४३ करोड बढ्ने अनुमान गरिएको छ । रु ३५ अर्ब २९ करोड लागत अनुमान हुँदा डलरको भाउ करिब रु ८० को प्रक्षेपण गरिएको थियो तर अहिले डलरको भाउ ११० पुगेको छ । आयोजनामा अहिलेसम्म रु ३४ अर्ब ६४ करोड खर्च भइसकेको छ ।

आयोजनाले हालसम्म ९०.५ प्रतिशतमात्र निर्माण कार्य गरेको छ । वर्षा र सडक मर्मतले सामग्री ढुवानीले काममा सुस्तता आएको प्रवक्ता न्यौपानेले बताए ।

निर्माणाधीन लामोसाँघु जिरी सडक खण्ड अन्तर्गतको खाडिचौर चरिकोट खण्डमा सडक चौँडासहित स्तरोन्नतीको काम भइरहेकाले सामग्री ढुवानीमा समस्या भएको हो । प्रवक्ता न्यौपानेले उक्त सडकको विकल्पमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाइएको बताए।

उनकाअनुसार आयोजनाका लागि आवश्यकपर्ने ठूला उपकरण र पेनस्टक पाइप सिन्धुपाल्चोकको सुनकोशी जलविद्युत् आयोजनामा भण्डारण गरिएको छ ।

आयोजनाले मुख्य संरचना अन्तर्गत टेलरेस सुरुङ खन्ने कार्य, विद्युत गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य भने गरिसकेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम ९३ प्रतिशत, हेडवक्स कंक्रिट कार्य ८९.५ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

यस्तै, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३ प्रतिशत, विद्युत गृह र ट्रान्सफर्मर र कंक्रिटको काम ८४ प्रतिशत सम्पन्न गरिसकेको छ ।

आयोजनाले २०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिएपनि उक्त समयभित्र निर्माणकार्य सम्पन्न हुननसक्ने जनाएकोे छ । गृहमन्त्री जर्नादन शर्माले आयोजनास्थलमा पटक /पटक पुगरे सरकारले गर्ने सहयोगमा कुनै कन्जुस््याई नगर्ने तर आयोजनाको काम दू्रत गतिमा समपन्न गर्न निर्देशन दिए पनि प्राकृतिक विपत्तिका कारणले पनि डिलाइ भएको आयोजनाका कर्मचारीले बताए । रासस




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।