१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

Aug 28, 2017 merolagnai



लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा रहेको १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजना (DORDI) को निमार्ण कार्य सुरु भएको छ ।  २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने लक्ष्य साथ काम गरिरहेको कम्पनीले जनाएको छ ।



दोर्दी खोला  जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन, वाताबरणीय अध्ययन सकेर निमार्ण कार्य सुरु गरको हो ।

तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत २ अर्ब २९ करोड रहेको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी गर्ने भएका छन् । जसका लागि आयोजनाले ती बैंकहरुसँग ऋण सम्झौता गरको छ ।

बाँकी रकम कम्पनीका संस्थापक शेयरधनी तथा अग्राधिकार सेयरधनीहरु मार्फत संकलन गर्ने कम्पनीले जनाएको छ । 

यसै क्रममा कम्पनीले आयोजनामा लगानी गर्न ईच्छुक लगानीकर्तालाई अग्राधिकार शेयर समेत बिक्री गरिरहेको छ । कम्पनीको अग्राधिकार सेयरमा न्यूनतम एक लाख रुपैयाँ लगानी गर्न पाइने कम्पनीले जनाएको छ । एक सय रुपैयाँका दरमा किनिने अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुने कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा प्रतिवर्ष ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गरिने कम्पनीको दाबी छ । कम्पनीले देशविदेशबाट लगानीकर्ता खोजिरहेको छ । केही महिना अगाडि कम्पनीले कोरियाको प्रमुख सहरबाट समेत अग्राधिकार सेयरका लागि आवेदन संकलन गरेको थियो ।

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । कम्पनीले रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।