हाम्रो विकास बैंकको ‘भिडियो कल’ सुविधा

Oct 06, 2017 merolagani



नुवाकोटकाे बट्टारमा केन्द्रीय कार्यालय रहेको एक जिल्ले हाम्रो विकास बैंकले आफ्ना ग्राहकलाई निशुल्क ‘भिडियो कल’को सुविधा उपलब्ध गराउने भएको छ । बैंकले विदेशमा रहेका आफन्तसँग निःशुल्क ‘भिडियो कल’ गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।

हाम्रो विकास बैंकले दुप्चेश्वर गाउँपालिकाको समुद्रटारमा ७ औं र मेघाङ गाउँपालिकाको देउरालीमा ८ औंं शाखा सञ्चालनमा ल्याएसँगै यो सुविधा उपलब्ध गराएको हो ।

नुवाकोटबाट बैदेशिक रोजगारमा जाने युवाहरूको संख्या धेरै भए पनि सहज इन्टरनेटको सहज पहुँचको व्यवस्था नहुँदा आफन्तहरुसँग धेरै परिवार अझैपनि भिडियो कल सेवाको पहुँच बाहिर रहेका छन् । यसै अवस्थालाई सम्बोधन गर्न बैंकले सेवाग्राहीलाई विदेशमा रहेका आफन्तसँग निःशुल्क भिडियो कल सुविधा सञ्चालनमा ल्याएको हो ।

दुई गाउँपालिकामा शाखा विस्तार गरेसँगै ग्रामीण जनताको आर्थिक स्तरको विकास र सर्वसाधारण जनताको बैंकमा पहुँच अभिवृद्धि हुने बैंकले जनाएको छ ।

दुई सय प्रतिशत हकप्रद विक्री गरेको बैंकको पूँजी भने हकप्रद जारीपछि राष्ट्र बैंकले तोके बमोजिम ५० करोड रुपैयाँ पुगिसकेको छ । बैंकले गत आवमा एक अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन तथा अर्ब २० करोड रुपैयाँ कर्जा परिचालनबाट रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसअघि बैंकका केन्द्रिय कार्यालय बट्टार, त्रिशूली, छहरे, रातमाटे, रानीपौवामा शाखा कार्यालय तथा सामरी एक्स्टेन्सन काउण्टरबाट ग्राहकमा बित्तिय सेवा प्रदान गर्दै आएको थियो ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।