सानिमा इक्विटी फण्डले निष्काशन गरेको १२ करोड इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरेको हो ।
कहाँ गर्ने आवेदन ?
यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने छ ।
कति गर्ने आवेदन ?
उक्त फण्डमा न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि दुई करोड ४० लाख रुपैयाँ अर्थात २४ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । उक्त फण्डमा छिटोमा मंसिर १५ गते तथा ढिलोमा मंसिरमा २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
इकाइको निष्काशनको क्रममा मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ । माग भन्दा बढी आवेदन परेमा कोषको आकार एक अर्ब ५० करोडको हुनेछ ।
सात बर्षे बन्दमुखी यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिनसक्ने अवस्था बन्नेछ । ७ वर्षमा परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटवर्थ प्रतिसेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउँनेछ ।
संकलित अधिकांश रकम सेयरबजारमा
कोषमार्फत संकलित अधिकांश रकम सेयरबजारमा लगानी गरिने क्यापिटलले जनाएको छ । । क्यापिटलका अनुसार ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ भने बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।
सानिमा बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालन रहने ‘सानिमा इक्विटी फण्ड’ पहिलो सामूहिक लगानीकोष योजना हो । सेयर बजारमा प्रत्यक्ष लगानी गर्न नसक्नेहरुको र बजारको जोखिम प्रत्यक्ष लिन नचहानेहरुको लागि सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ ।
सानिमा बैकको शतप्रतिशत स्वामित्वमा स्थापित सानिमा क्यापिटल धितोपत्र व्यबसायी (मर्चेण्ट बैंकर) को रुपमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनी हो । यस कम्पनीले लगानि ब्यबस्थापन सेवा, म्युचुअल फण्ड सञ्चालन, धितोपत्र निश्काशन तथा बिक्रि प्रबन्धक, धितोपत्र प्रत्याभुति सेवा, शेयर रजिष्ट्रार सेवा तथा निक्षेप सदस्यता सेवा उपलब्ध गराउदै आएको छ ।
सामूहिक लगानी कोषमा कसरी लगानी सुरक्षित हुन्छ ?
सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका, शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु राम्रो विकल्प हुनसक्छ ।
सेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्था लगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन ।
बर्षेनी ईकाईधनीले लाभांश पाउनुका साथै अवधि समाप्त भएपछि जम्मा प्रतिफल सहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ ।
पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताको आर्कषण समेत यस्ता सामुहिक कोषहरुमा बढ्दै गएको देखिन्छ । यसका कारण नै पछिल्लो समय एकपछि अर्काे गर्दै म्युचुअल फण्डहरु आउन थालेका छन् ।
शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु उत्तम विकल्प हुनसक्छ । यस्ता कम्पनीले बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको गहन बिश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित हुन्छ । जोखिम कम हुने र राम्रो प्रतिफल प्राप्त गर्ने हुँदा दोश्रो बजारको लगानीभन्दा सामुहिक लगानी कोषको लगानी सुरक्षित मानिन्छ ।
इकाईधनीले इकाईको अबधि सकिएपछि नाफा सहितको एकमुष्ठ रकम फिर्ता पाउने हुँदा दोहोरो लाभ हुने नै छ त्यसमाथि आफुलाई आबश्यक परेको बेला यस्ता ईकाईहरु शेयर बजारमा बेच्न पनि सकिनेछ ।