बामपन्थी सरकार आउँदा पूँजी पलायन हुन्छ भन्ने तुच्छ स्वार्थी समूह : ओली

Dec 17, 2017 merolagani



नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले बामगठबन्धनको सरकार आउँदा मुलुकबाट पूँजी पलायन हुने कुनै कारण नभएको बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ओलीले अब बन्ने सरकारले तीन महिनामै आर्थिक विकासको संकेत देखिनेगरी काम गर्ने दाबी समेत गरेका छन् ।

वामगठबन्धनको सरकार आएपछि पूँजीबजारको विस्तारमा अवरोध आउने तथा सेयरबजार खस्कन्छ भन्ने पत्रकारको जिज्ञासको जवाफ दिदै ओलीले बामगठबन्धनको सरकार आएपछि पूँजी परिचालन हुँदैन भन्ने अफवाह फैलाउने तुच्छ स्वार्थी समूह भएको आरोप लगाए  ।

हामी हाम्रा घोषणा पत्रमा उल्लेख गरेका आर्थिक नीतिका आधारमा अगाडि बढ्छौ । तीन महिना भित्र आर्थिक विकासका संकेत देखिनेगरी काम गर्छौ । नेता ओलीले भने, सेयरबजार बढ्दैन, पूँजी पलायन हुन्छ, विदेशी लगानी आउदैन भन्नु स्वार्थी समूहले फैलाएको हल्ला हो । यो भ्रममा पर्न पर्देन देशमा लगानीको वातारण निमार्णमा हामी प्रतिबद्ध छौ ।

ओलीले भने "अनि पुँजी पलायन हुन्छ के हुन्छ ? म स्पष्टसँग भन्न चाहन्छु, तीन महिना हेर्नुस्, फिल गर्नु हुनेछ, सबै बकवास हो, कुनै आधार रहेनछ । तपाईहरुले जुन प्रश्न गर्नु भएको छ, यसको जवाफ त भारतले दिइसक्यो । त्यसमाथि के भनिरहनु पर्‍यो ।"

"यो देशविरुद्धकै प्रचार हो । बैदेशिक लगानी नओओस्, शेयर बजार डामाडोल होस्, यस्तो कुरा कसैले सोच्न हुन्छ । आफूलाई सो काल्ड बुद्धिजिवी ठान्नेहरुले साना स्वार्थ र तुच्छ अहमका लागि देशलाई दुरगामी असर पर्ने विषहरु छर्ने काम गरेका छन् । यो निराधार छ, म आश्वस्त पार्न चाहन्छु ।"

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।