बैंकहरुको १८ अर्बको निक्षेप प्रस्तावले यसरी ‘नेगेटिभ हिट’ खाँदैछ १७ खर्बको पूँजी बजार

Dec 28, 2017 Merolagani

- एनसेल, टेलिकम र वाणिज्य बैंकहरुको मनि सर्कुलेशन चक्करको नकरात्मक ‘हिट’

राजनितिक स्थीरताको पर्खाइमा रहेका लगानीकर्ताहरु वाणिज्य बैंकहरुको पछिल्लो व्याजदरबाट अतालिएका छन् । एनसेललाई नेपालबाट लाभांस आफ्नो मुलुकमा लैजाने बाटो खुल्ला भएसँगै बैंकहरु बजारबाट महंगो व्याजदरमा पैसा उठाउन तयार भएका छन् । जसको सिधा असर सेयर बजारमा देखिएको छ ।

नबिल बैंक सहित विभिन्न वाणिज्य बैंकबाट एनसेलले लाभांस वापतको ठूलो रकम बाहिर लैजाँदैछ । उता अधिक पैसा हातमा लिएर बसेको नेपाल टेलिकम पनि बैंकहरुमा पैसा जम्मा गर्ने योजनामा छ । यी दुई दुरसञ्चारप्रदायक कम्पनीको पैसा व्यवस्थापन गर्ने क्रममा वाणिज्य बैंकहरुले महंगो व्याजदरमा टेलिकमसँग भएको पैसा निक्षेप गर्ने प्रस्ताव अघि सारेका छन् । उक्त प्रस्ताव सार्वजनिक भए पछि बुधबार सेयर बजारमा भारी गिरावट आएको छ ।

एनसेलले लाभांस वापतको रकम लैजाने भएपछि नबिल बैंकलाई सबैभन्दा धेरै असर पर्ने देखिएको हो । नेपाल टेलिकम स्रोतका अनुसार नबिल बैंकले सबैभन्दा महंगो व्याजदरमा टेलिकमको पैसा निक्षेप गर्ने प्रस्ताव पठाएको छ । यसले पनि नबिल बैंक एनसेलको लाभांस रकम बाहिरिने भएपछि निक्षेप जुटाउन कुनै पनि निर्णयमा जान सक्ने देखिएको हो । अन्य बैंकहरुको पनि अवस्था उस्तै देखिएको छ ।

नबिल बैंकका एक उच्च अधिकारीले मेरोलगानीसँगको कुराकानीमा १३.०२ प्रतिशतमा टेलिकमको अढाई अर्ब रुपैंया निक्षेप गर्ने प्रस्ताव पठाइएइको बताए । टेलिकमले नबिलको उक्त प्रस्ताव उपर अहिलेसम्म कुनै जवाफ नपठाएको उनको भनाई छ ।

टेलिकम स्रोतका अनुसार नियमित प्रकृया अनुरुप बैंकहरुसँग नयाँ व्याजदर माग गरिएको हो । जसमा ९.१ प्रतिशतदेखि १३.०२ प्रतिशतसम्मको व्याजदरमा निक्षेप लिन बैंकहरुबाट प्रस्ताव आएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार नबिल बैंकले १३.०२ प्रतिशत व्याजदरमा अढाई अर्ब, एनएमबीले १२.८१ प्रतिशतका दरले एक अर्ब, ग्लोबल आईएमईले १२.७६ प्रतिशतका दरले एक अर्ब र प्रभु बैंकले १२.५५ प्रतिशतका दरले एक अर्ब रुपैंया निक्षेप गर्ने प्रस्ताव गरेका छन् । टेलिकमले भने बैंकहरुको प्रस्ताव उपर कुनै निर्णय भैनसकेको जनाएको छ ।

माछापुच्छ्े बैंकले १२.५१ प्रतिशत व्याजदरमा टेलिकमको ५० करोड रुपैंया निक्षेप गर्ने प्रस्ताव गरेको छ । त्यसै गरी जनता बैंकले १२.५१ प्रतिशतमा नै ४० करोड, कुमारी बैंकले १२.५ प्रतिशतमा ५० करोड, सनराइजले १२.२६ प्रतिशतमा एक अर्ब रुपैंया निक्षेप गर्ने प्रस्ताव टेलिकम बुझाएका छन् । १२ प्रतिशतका दरले एनसीसी बैंकले एक अर्ब, सिटिज्नस बैंकले ७५ करोड तथा बैंक अफ काठमाण्डूले ७० करोड र लक्ष्मी बैंकले २५ करोड रुपैंया निक्षेपको प्रस्ताव पठाएको टेलिकम स्रोतले जानकारी दिएको छ ।

टेलिकमका अनुसार एसबिआई सहित पाँच वाणिज्य बैंकले ११ देखि ११.७५ प्रतिशतको व्याजदरमा चार अर्ब १० करोड रुपैंया निक्षेप गर्न इच्छा देखाएका छन् । कृषि विकास र मेगाले क्रमश १०.५ र १० प्रतिशत व्याजदरमा एक अर्बका दरले निक्षेप गर्ने प्रस्ताव गरेका छन् ।

हिमालयन र नेपाल बैंकले क्रमशः ९.५ र ९.१ प्रतिशत व्याजदरमा २५ करोड र ५० करोड निक्षेप गर्ने आशय टेलिकमलाई दिएका छन् । उल्लेखित सबै बैंकहरुले टेलिकमबाट जम्मा १७ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलन गर्ने प्रस्ताव पठाएका हुन् ।

बैंकहरुले एकै पटक एउटा संस्थामा १८ अर्ब रुपैंया निक्षेप गरिदिन भन्दै पठाएको महंगो व्याजदरको प्रस्तावले बजारमा खैलाबैला मच्चिएको हो । स्रोतका अनुसार एनसेलले नबिल सहितका सम्बन्धित बैंकहरुलाई आफ्नो तीन आर्थिक वर्षको लाभांस वापतको अर्बौ रुपैंयाको बन्दोबस्ती मिलाउन भनि सकेको छ । जसले गर्दा बैंकहरुमा निक्षेप संकलनमा तिब्र प्रतिष्पर्धा देखिएको हो ।

एनसेलले पछिल्लो पटक आर्थिक वर्ष २०६८ ०६९ को एक वर्षको लाभांस वापत झण्डै साढे आठ अर्ब रुपैंया लगेको थियो । अब उसले त्यस पछिका तीन आर्थिक वर्षको ठुलो रकम लैजाँदै छ । जसका कारण सामान्य अवस्थामा फर्किन खोज्दै गरेको व्याजदर प्रभावित हुने देखिएको हो ।

भावना सिंहको २० पं्रतिशत हिस्सा छुट्याएर आफ्नो हिस्साको २६ अर्व रुपैयाँ लाभाँश लैजानका लागि एनसेलले राष्ट बैकमा बुधवारै निबेदन दिएको छ । यो रकम तीन आर्थिक बर्षको मात्र हो । गत आर्थिक बर्षको लाभाँशको बारेमा एनसेल सन्चालक समितिले थप निर्णय गरिसकेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।