भौतिक पूर्वाधारमा चीनको नियन्त्रण , किन सफल हुन्छ, बिआरआई ?

Jan 31, 2018 merolagani

आकर्षक बन्दरगाह, सडक, रेललाइन र सामरिक क्षेत्र विश्वका लागि रक्तसञ्चार प्रणाली हो । यो प्रणालीका रक्तनलीबाट जनता र वस्तु एक विन्दुबाट अर्को विन्दुमा आवतजावत गराएर सोही क्षेत्रमा दावी गर्नु बेल्ट एण्ड रोड इन्निसिएटिभ (बिआरआई) को पहिलो चरण हो ।

विगत पाँच वर्षमा चीनका कम्पनीहरु दर्जनाैं देशका ७७ भन्दा बढी सामुन्द्रीक क्षेत्रमा सञ्चालित छन् । दक्षिण एसियादेखि युरोप तथा रुससम्म उच्चगतीका रेल करिडोर बनिरहेका छन् । पाकिस्तान र बङ्गलादेशको पूर्वाधार निर्माणमा लगानी भइरहेको छ । त्यस्तै धेरै मुलुकमा पावर प्लान्टमा चीनले लगानी गरिरहेकोे छ ।

श्रीलङ्का, ओमान, म्यानमार, मलेसिया र अबुदावीमा ठूला सहर तथा विशेष आर्थिक क्षेत्र(सेज) खडा गरिँदै छन् । मध्य एसियादेखि रसिया र दक्षिण एसियामा ग्यास तथा तेलको पाइप लाइन खन्ने काम भइरहेको छ । चीनको मध्यदेखि पश्चिमका उत्पादन केन्द्र युरोपका विभिन्न सहर ३५ वटा मालबाहक रेललाइन सञ्चालनले जोडिँदैछन् ।

यो पूर्वाधार निर्माणबाट चीनले अन्य कम्पनी र सरकारसँग सम्पर्कसहित प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने देखाएको छ । उनीहरुको रणनीति सामान्य छ, उनीहरु धेरै खर्च गरेका छन् । तर, उनीहरुलाई यो थाहा छ कि बिआरआइको आर्थिक सिद्धान्त आजका लागि होइन, १० देखि ५० वर्षका लागि हो । चीनले भविष्यमा सबै सडक सञ्चालन बेइजिङ भएर जाउन भन्ने उद्देश्यमा लागानी गरिरहेको छ ।

राजनीतिक यथार्थ

 

विभिन्न देशका स्थानीय तहमा अन्तर्राष्ट्रिस्तरका भौतिक पूर्वाधार विकास गरेर चीनले दीर्घकालिन राजनीतिक सम्बन्ध बढाएर बिआरआईको धड्कनलाई कायम राख्न चाहन्छ । विआरआइको मुख्य राजनीतिक यथार्थ भनेको सरकार भित्रको सम्झौता, व्यापारिक डिल, भन्सार अनुवन्ध, थप तैनाथी हो ।

सि चिङफिङको युग तथा बिआरआइ शुरु गरेदेखि नै विश्वमा प्रणालीगतरुपमा विश्वभर व्यापारिक पहुँच बनाएका छन् । उनले बिआरआईलाई बैचारिक बाटो बनाएर विशेष प्राथमिकता दिएका छन् । सि र तीनका कम्पनीले युरोप र एसियामा भन्सार सम्झौतालाई अगाडि बढाएका छन् । चीन वैदेशिक सहायताको खेलमा पनि दोहोरो ‘जम्प’ गरिरहेको छ ।

चीनले सन् २००० देखि २०१४ सम्म ३५४ दशमलव ४ बिलियन अमेरिकी डलर औपचारिक रुपमा लगानी गरिसकेको छ, जबकी सोही अवधिमा अमेरिककाले ३९४ दशमलव ६ बिलियन अमेरिकी डलर वैदेशिक सहायता गरेको थियो । केही देशमा चीनले अमेरिकाको सहायतालाई हडपेको छ । यसको रोचक पक्ष त अफ्रिकन मुलुकले संयुक्त राष्ट्रसंघमा चीनको समर्थन गरेको यथार्थबाट यसको परस्पर सम्बन्ध देखिन्छ ।

एजेन्सिको सहयोगमा

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।