बरुण हाइड्रोले बल्ल सार्वजनिक गर्याे प्रथम त्रैमासको रिपोर्ट, कसले गर्ने नियमन ?

Feb 10, 2018 Merolagani



धेरै कम्पनीहरुले दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेर सकाउनै लाग्दा बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले भने शुक्रबार बल्ल प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीकाे रिपाेर्टमा खुद नाफा एक करोड १८ लाख रुपैयाँ पुगेकाे उल्लेख छ । गत बर्ष कम्पनीकाे नाफा ६३ लाख ९ हजार रुपैयाँ रहेकाे थियाे । 

विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि कम्पनीले नाफा बढाउन सफल भएको हो । यस अवधिमा कम्पनीले तीन करोड ६९ लाख ९५ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । जुन गत बर्ष प्रथम त्रैमासको तुलनामा एक करोड ६२ लाख ३४ हजार बढी हो । 

कम्पनीको खर्च २८ लाख ९५ हजार रहेकाेमा अहिले वृद्धि भई ४३ लाख ९९ हजार पुगेपछि सञ्चालन नाफा भने घटेको छ । गत बर्षको तुलनामा सञ्चालन नाफा एक करोड ५८ लाख रुपैयाँले ह्रास आई तीन करोड २५ लाख ९६ हजार रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीसँग खुद चालू सम्पत्ति ११ करोड ६५ लाख रहेको छ भने १० करोड ८१ लाख दायित्व रहँदा खुद चालू सम्पत्ति ८४ लाख २४ हजार रहेको देखिन्छ ।

२५ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको सेयर पूँजी बरुणको जगेडा कोषमा एक करोड ९१ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक १४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ५२ पैसा छ ।

हाइड्रोपावर र होटल समूहमा प्रतक्ष्य नियमनकारी निकाय नहुँदा यी समूहका कम्पनीहरुको मनपरि अझै पनि उस्तै चल्दै गरेको स्पष्ट देखिन्छ । यी समूहमा प्रतक्ष्य नियमनकारी निकाय नहुँदा लगानीकर्ताहरुले कम्पनीको धेरै सूचना समयमा नै पाउन बञ्चित हुने गरेका छन् । यसमा सबै सरोकारवालाहरुकाे ध्यान जान जरुरी देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।