सिटिजन्स म्युचुअल फण्डमा लगानी गर्ने आज अन्तिम मौका

Feb 15, 2018 merolagani

सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटल (CBIL) ले निष्कासन गरेको सिटिजन्स् म्युचुअल फण्डमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । क्यापिटलले गत माघ २ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषका दश करोड इकाई बिक्रीमा ल्याएको थियो ।


कम्पनीले यसअधि माघ १७ गते ढिलोमा निष्कासन बन्द हुने बताएको थियो । तर सो अवधिमा माग बमोजिमको आवेदन नपरेपछि म्याद थपेर फागुन ३ गतेसम्म कायम गरेको हो । म्युचुअल फण्डमा आज आवेदन गर्ने अन्तिम दिन रहेकाले निष्कासन गरिएको सबै इकाईहरु बिक्री हुने कम्पनीकोे विस्वास छ । क्यापिटलका अनुसार ७ देखि ८ प्रतिशतको हाराहारीमा आवेदन पर्न बाँकी छ ।

कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ ।

क्यापिटलले बिक्रीमा ल्याएको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताले आस्वा सेवा प्राप्त जूनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् ।

सात बर्षे अवधिको उक्त म्युचुअल फण्डले औसतमा साढे २२ प्रतिशतका दरले वार्षिक प्रतिफल दिने लक्ष्य लिएको सिबिआईएल क्यापिटलले जनाएको छ । यो सीबीआईएल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । यसले पनि ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने जनाएको छ ।

सि.बि.आई.एल क्यापिटल सिटिजन्स् बैंकको सहायक कम्पनी हो । सि.बि.आई.एल क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी)  सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।