ग्लोबल आइएमई लघुवित्तद्धारा सेयर रजिष्ट्रार नियुक्त

Apr 05, 2018 Merolagani



ग्लोबल आईएमई लघुवित्त (GILB)ले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ । सेयर रजिष्ट्रार नियुक्तसँगै लघुवित्तको सेयर सम्बन्धी सम्पुर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत सेयरधनीको लगत अद्यावधिक लगायतका सबै कार्यहरु ग्लोबल आइएमई क्यापिटलबाट हुनेछ ।

तत्कालीन रिलायबल माइक्रोफाइनान्सको सेयर रजिष्ट्रार सम्बन्धी कार्य सिभिल क्यापिटलले गर्दे आएको थियो । ग्लोबल आईएमई बैंकको सहायक कम्पनीको रुपमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भएर सञ्चालनमा आएपछि ग्लोबल आईएमई बैंककै सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल मातहातमा सेयर रजिष्ट्रार सम्बन्धी काम ल्याएको हो ।

रिलायबल डेभलपमेन्ट बैंकको सहायक कम्पनीको रुपमा रिलायबल माइक्रोफाइनान्स सञ्चालनमा आएको थियो । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आईएमई बैंकले एक्वायरर गरेपछि सहायक कम्पनी पनि ग्लोबल आईएमई बैैंकको सहायक कम्पनीको रुपमा सञ्चालनमा आएको थियो ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।