ग्लोबल आइएमई लघुवित्तद्धारा सेयर रजिष्ट्रार नियुक्त

Apr 05, 2018 Merolagani



ग्लोबल आईएमई लघुवित्त (GILB)ले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ । सेयर रजिष्ट्रार नियुक्तसँगै लघुवित्तको सेयर सम्बन्धी सम्पुर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत सेयरधनीको लगत अद्यावधिक लगायतका सबै कार्यहरु ग्लोबल आइएमई क्यापिटलबाट हुनेछ ।

तत्कालीन रिलायबल माइक्रोफाइनान्सको सेयर रजिष्ट्रार सम्बन्धी कार्य सिभिल क्यापिटलले गर्दे आएको थियो । ग्लोबल आईएमई बैंकको सहायक कम्पनीको रुपमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भएर सञ्चालनमा आएपछि ग्लोबल आईएमई बैंककै सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल मातहातमा सेयर रजिष्ट्रार सम्बन्धी काम ल्याएको हो ।

रिलायबल डेभलपमेन्ट बैंकको सहायक कम्पनीको रुपमा रिलायबल माइक्रोफाइनान्स सञ्चालनमा आएको थियो । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आईएमई बैंकले एक्वायरर गरेपछि सहायक कम्पनी पनि ग्लोबल आईएमई बैैंकको सहायक कम्पनीको रुपमा सञ्चालनमा आएको थियो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।