अरुण काबेली र अरुण भ्यालीको सेयर रजिष्ट्रारमा भिबोर क्यापिटल नियुक्त

Apr 09, 2018 Merolagani



अरुण काबेली र अरुण भ्याली हाइड्रोपावर दुबैले भिबोर क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेका छन् । यसअघि दुबै कम्पनीले आफ्नै कार्यालयमा सेयर शाखा स्थापना गरेर सेवा दिँदै आएका थिए ।  याे सेवा २०७५ बैशाख १ गते देखि भिबोर क्यापिटल मार्फत हुने भएको हो ।

अागामी बैशाख १ गते देखि भिबोर क्यापिटलले अरुण काबेली र अरुण भ्याली दुबै कम्पनीको सेयर सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी र सेयरवालाहरुको लागत अद्यावधिक राख्ने काम गर्नेछ । सेयरधनीले सेयर सम्बन्धी सम्पूर्ण कामका लागि अब भिबोर क्यापिटल ट्रेड टावर थापाथलीमा सम्पर्क गर्नुपर्ने हुन्छ । 

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।