नबिल इन्भेष्टमेण्टको सिइओमा सबिर बादे श्रेष्ठ नियुक्त

Mar 31, 2018 Merolagani

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत्र १३ मा सम्पन्न ६८ औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।

विगत २ बर्ष देखि नबिल ईन्भेष्टमेन्ट बैकिङ्गमा प्रमुख–ईन्भेष्टमेन्ट बैंकिङ्गको जिम्मेवारी सम्हाल्दै आइरहेका श्रेष्ठले लण्डनबाट एसीसीए गरेका छन् भने काठमाण्डौ युनिर्भसिटीबाट इएमबिए गरेका छन् ।

उनले ६ बर्ष लण्डनमा अबस्थित विश्वको ५ औं ठुलो अडिट फर्म बिडिओ इन्टरनेशनल लिमिटेडमा कर, फाइनान्स र अडिटमा रहेर समेत काम गरेका थिए । नबिल ईन्भेष्टमेन्ट बैकिङ्गमा आउनु भन्दा अघि एनआईबिएल क्यापिटलमा ३ बर्ष सिनियर म्युच्यूअल फण्ड म्यानेजरको रुपमा समेत काम गरेको अनुभव श्रेष्ठसँग रहेको कम्पनीले जनाएको छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।