सोमबार टेलिकम कम्पनीका सि.सि.ओ राजीब कुमारले स्मार्ट सेलको उद्घाटन गरेका छन् । यस सेन्टरले पोखराका ग्राहकहरुलाई सहज रुपमा सेवा उपलब्ध गर्ने विश्वास कम्पनीको छ ।

यस कम्पनिले बिस्तारै देशका साना ठूला मूख्य सहरहरुमा पनि आफ्नो सेवा विस्तार गर्दै जाने जनाएको छ । नेपालको तेश्रो ठूलो टेलिकम्युनिकेशन कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर पोखरामा टेलिकमले फोर जि सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
अनौपचारिक रूपमा पोखरामा विगत तीन महिनादेखि यसको सेवा प्रयोगमा आएको स्मार्टका हालसम्म पोखरा क्षेत्रमा करिब २८ हजार मात्र उपभोक्ता रहेको छन् । पोखरा क्षेत्रमा कम्पनीले ३३ वटा टावर स्थापना गरेको छ ।
स्मार्ट सेलकै लागि स्मार्टबाट फोन गर्दा ९७ रुपैयाँमा एक महिनासम्म अनलिमिटेड सेवा लिन सकिन्छ ।स्मार्टले फोरजी सेवामा नेपालमा अहिलेसम्म उपलब्ध सबैभन्दा दु्रत गतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने कम्पनीले दाबी गरेको छ ।
सन् २०१३ मा युनिफाइड अनुमति पाएको स्मार्ट सेलले सन् २००८ मा पश्चिमाञ्चलबाट जीएसएम सेवा प्रारम्भ गरेको थियो। स्मार्ट सेलमा एक सेकेन्डको एक पैसामात्रै शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ ।