मर्चेण्ट बैंकर एशोसिएसन भन्छ, - दक्षता अभिवृद्धिमा सहयोग खै ?

May 09, 2018 Merolagani



मर्चेण्ट बैंकर एशोसिएसनका महासचिव मेखबहादुर थापाले बचत परिचालन गर्नका लागि सामुहिक लगानी कोषहरुलाई प्रोत्साहित गर्न सरकारसँग आग्रह गरेका छन् । कोष सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन, क्षमता बिस्तार लगायतका सम्बन्धमा समस्या कायम रहेको भन्दै उनले यसमा नियामकले आँखा पुर्याउनु पर्ने बताएका हुन् ।

 

राजधानीमा जारी क्यापिटल एक्स्पोमा अर्थमन्त्री डा. युवराज खतिवडाले म्युचुअल फण्डहरुको भूमिका अपेक्षित हुन नसकेको बताएका थिए । उनले गैरआवासिय नेपालीका साथै आम लगानीकर्तालाई म्युचुअल फण्डमा सहभागी गराउनु पर्ने आवश्यक्ता औंल्याए पछि मर्चेण्ट बैंकर संघका महासचिव थापाले यस्तो आवश्यक्ता औंल्याएका हुन् ।

उनले यस प्रकृतिको कामको विषयमा नियामकले छलफल गर्दा सम्बन्धित पक्षसँग पनि छलफल र सहकार्य गर्नु पर्नेमा धितोपत्र बोर्डका साथै अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका थिए । वैकल्पिक लगानी कोषहरु सञ्चालन गर्ने कुरा स्वागतयोग्य भएपनि त्यस अनुसारको पूर्वाधार विकासमा नियामकहरुबाट अपेक्षित सहयोग नपाउने गरेको उनको गुनासो थियो । जसका कारण अपेक्षित रुपमा मर्चेण्ट बैंकहरुले काम गर्न नसकेको बनले बताए ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।