वेष्टर्नले १८.३२ प्रतिशत लाभांश वितरण गर्न असार १३ गते डाक्यो साधारण सभा

Jun 04, 2018 Merolagani



वेष्टर्न डेभलपमेन्ट बैंक (WDBL) ले गत आर्थिक बर्षको नाफाबाट १७.४१ प्रतिशत बोनस शेयर र ०.९१ प्रतिशत नगद लाभांश वितरण गर्न असार १३ गते दाङ घोरहीमा होटल मालामा साधारण सभा आह्वान गरेको छ ।

वेष्टर्नले नमस्ते फाइनान्सलाई प्राप्ती पश्चात कायम चुक्ता पूँजी ४२ करोड ९३ लाख रुपैयाँको ७ करोड ४७ लाख बराबरको बोनस शेयर र ३९ लाख रुपैंया बराबरको नगद लाभांश वितरण गर्नेछ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभामा बैंकले लेखापरिक्षकको नियुत्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संस्थापक शेयरधनीको तर्फवाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गर्दैछ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।