वेष्टर्नले १८.३२ प्रतिशत लाभांश वितरण गर्न असार १३ गते डाक्यो साधारण सभा

Jun 04, 2018 Merolagani



वेष्टर्न डेभलपमेन्ट बैंक (WDBL) ले गत आर्थिक बर्षको नाफाबाट १७.४१ प्रतिशत बोनस शेयर र ०.९१ प्रतिशत नगद लाभांश वितरण गर्न असार १३ गते दाङ घोरहीमा होटल मालामा साधारण सभा आह्वान गरेको छ ।

वेष्टर्नले नमस्ते फाइनान्सलाई प्राप्ती पश्चात कायम चुक्ता पूँजी ४२ करोड ९३ लाख रुपैयाँको ७ करोड ४७ लाख बराबरको बोनस शेयर र ३९ लाख रुपैंया बराबरको नगद लाभांश वितरण गर्नेछ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभामा बैंकले लेखापरिक्षकको नियुत्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संस्थापक शेयरधनीको तर्फवाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गर्दैछ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।