इसेवाबाट अब होटल पनि बुक गर्न सकिने, ओयोसँग सहकार्य

Jun 25, 2018 Merolagani

उचितमूल्यमा स्तरिय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै स्तरिय होटलको बुकिङ गर्न सक्ने भएका छन् ।

ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमाआयोजित एक कार्यक्रमकाबीच इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रमपश्चात् इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताए । उनले भने, ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौँ’ ।

यसैगरी ओयो का भाइस प्रेसिडेण्ट प्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमा ओयोको विस्तारका लागि सहज वाताबरण बनेको बताए । उनले भने, ‘ओयो र इसेवा दुबै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभुतपूर्व सेवादिन सकिन्छ भन्ने विश्वास भएको हुनाले हामी यो सहकार्यबाट निकै उत्साहित छौँ’ ।

ओयो मार्फत तत्काल काठमाडाँै र पोखराका ३५ बढि होटलका ६ सयवटा रूमहरु इसेवामार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि रुमहरु आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य लिएको छ ।

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक” को सुविधा दिइएको छ ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंकहरु सदस्य छन् । सन् २००९ बाट सेवा सुरू गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवाजोन तथा पोइन्ट) रहेका छन् ।

त्यसै गरि ओयोले २०१७ मे २४ तारिख देखि नेपालमा आफ्नो सेवा प्रारम्भ गरी हालसम्म काठमाडौं र पोखराका ३५ बढी होटलसँग सहकार्य गरेको छ । सन् २०१३ मा आफ्नो सेवा प्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसियासँगै नेपालमा आफ्नो सेवा बिस्तार गरेको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।