मूल्य घट्दा पनि कसले बेच्यो नबिल बैंकको यति धेरै शेयर ?

Jul 17, 2018 Merolagani

चालु आर्थिक बर्षको पहिलो दिनको शेयर बजारमा नबिल बैंक(NABIL) को शेयर मूल्य घटेर उच्च कारोबार भएको छ । यसदिन नबिल बैंकको मात्रै कुल कारोबारको २८ प्रतिशत शेयर किनबेच भएको छ । बैंकको शेयरमूल्य समेत २.२८ प्रतिशतले घटेको छ ।

आठ अंकले घटेर १२०४ अंकमा झरेको मंगलबारको शेयरबजारमा १५२ कम्पनीको २० करोड ६० लाख बराबरको शेयर किनबेच भएको छ । जसमध्ये नबिल बैंकको मात्रै कुल कारोबारको २८.२३ प्रतिशत अर्थात ५ करोड ८१ लाख बराबरको शेयर किनबेच भएको छ ।

यसदिन नबिल बैंकको ६४ हजार ६०८ कित्ता शेयर किनबेच भएको छ । बैंकको शेयर मूल्य समेत प्रतिकित्ता २१ रुपैयाँ अर्थात २.२८ प्रतिशतले घटेर ९०० रुपैयाँमा झरेको छ ।

बैंकको शेयर ६ वटा ब्रोकरबाट मात्र बिक्री भएको छ । बैंकको शेयर  ब्रोकर नं १९, १७ र २२ ले धेरै परिमाणमा बिक्री गरेका छन् । ब्रोकर नं ४९, ३४ र ३८ बाट पनि केही बिक्री भएको छ ।

शेयर मूल्य घटेर पनि नबिल बैंकको यति ठूलो परिमाणमा कसले शेयर बिक्री गर्यो भन्ने चासो लगानीकर्तामा देखिन्छ ।

सीमित ब्रोकरको बाट मात्र शेयर बिक्री भएकाले कुनै ठूलै लगानीकर्तालाई रकमको अत्यन्त खाँचो परेकाले मूल्य घट्दा समेत शेयर बिक्री गर्नुपर्ने बाध्यता परेको हुनसक्छ  वा कुनै म्युचुअल फण्डले ठूलो परिमाणमा शेयर बिक्री गरेको अनुमान गरिएको छ ।

गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने र लाभांश घोषणा गर्ने समय आउँदै गर्दा बैंकको शेयर ठूलो परिमाणमा बेचिएकाले पनि कुनै म्युचूअल फण्डलाई नै रकमको जोहो गर्नुपर्ने अवस्था आएको आँकलन गरिएको छ ।

नबिल बैंकले आज मात्रै एकैपटक प्रदेश नं ५ र ७ का स्थानीय तहमा १२ शाखा विस्तार गरेको छ । बैंकले व्यवसाय विस्तार गर्दै लगेको र तेस्रो वित्तीय विवरणसम्मको तथ्याङ्कले तुलनात्मक रुपमा अन्य बैंकको भन्दा राम्रो भएको अवस्थामा बाध्यतामा पर्ने लगानीकर्ताले ठूलो परिमाणमा बेचेको देखिएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।