नेपाल इन्भेष्टमेण्ट बैंकले पायो युरोमनी एक्सिलेन्स अवार्ड २०१८

Jul 19, 2018 Merolagani

प्रतिष्ठित अंग्रजी आर्थिक मासिक पत्रिका युरोमनीले नेपाल इन्भेष्टमेण्ट बैंकलाई 'युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८' अवार्ड प्रदान गरेको छ । बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।

युरोमनीले हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहबीच बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई उक्त पुरस्कार हस्तान्तरण गरेको छ ।

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि मात्र प्रदान गरिन्छ ।

यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तीय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटीएम छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटीएम रहेको छ ।

एस डेभलपमेण्ट बैंकलाई प्राप्तिपश्चात इन्भेष्टमेण्ट बैंकको आर्थिक वर्ष २०७४–७५ को तेस्रो त्रैमाशसम्ममा चुक्ता पूँजी १० अर्ब ६५ करोड रूपैयाँ पुगेको छ भने बैंकको प्राथमिक पूँजी २० अर्ब ९४ करोड पुगेको छ ।

त्यसैगरी बैंकले १ खर्ब ३० अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको छ । यस अवधिसम्ममा बैंकले २ अर्ब ८४ करोड खुद नाफा गरेकोे छ । तेस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जा ०.७६ छ ।

पाँच पटकसम्म 'बैंक अफ द इयर' प्राप्त गरिसकेको बैंकले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ट सेवा विस्तार, ग्राहक सेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको छ ।

बैंकले अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) नेपालबाट ए प्लस को मान्यता प्राप्त गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।