ब्याज खान पल्केका म्युचुअल फण्ड धितोपत्र बोर्डको कारबाहीमा

Jul 27, 2018 Merolagani



नेपाल धितोपत्र बोर्डले तोकिएको सीमाभन्दा बढी रकम बैंक निक्षेपमा लगानी गर्ने म्युचुअल फण्डहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । तोकिएका क्षेत्रमा लगानी नगरी ब्याजको लोभमा बैंकमा पैसा थुपारेका केही म्युचुअल फण्डका व्यवस्थापकहरुसँग बोर्डले पहिलो चरणमा स्पष्टीकरण सोधेको छ ।

बोर्डले तोकिएको सीमाभन्दा बाहिर लगानी गरेको भन्दै आधा दर्जन म्युचुअल फण्डका व्यवस्थापकलाई १५ दिने स्पष्टीकरण सोधेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले सिटिजन म्युचुअल फण्ड-१ को योजना व्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्ड-१ अर्न्तगतको एनएमबी सुलभ इन्भेष्टमेन्ट-१ र एनएमबी हाइब्रिड फण्ड-१ को योजना व्यवस्थापन एनएमबी क्यापिटललार्इ स्पष्टीकरण साेधेकाे हाे ।

त्यसैगरि लक्ष्मी म्युचुअल फण्ड अर्न्तगतको लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी भ्यालू फण्ड-१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमीटेड र एनआर्इसी एशिया म्युचुअल फण्ड अन्तर्गतको एनआर्इसी एशिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटललाई पनि स्पष्टीकरण सोधेको छ ।

उनीहरुले बोर्डमा बुझाएको मासिक खुद सम्पत्ति सम्बन्धी विवरण अनुसार उक्त योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमा भन्दा बढी रकम लगानी गरेको पाईएपछि स्पष्टीकरण मागिएको गिरीले बताए ।

म्युचुअल फण्डले नियमावलीको सीमा नाघेर बैंक मुद्धती निक्षेप राख्न थालेपछि सेयर बजारमा तरङ्ग

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ मा म्युचुअल फण्डहरुले विविध शिर्षकमा गर्न पाउने लगानीको सीमा तोकेको छ ।

जस अन्तगर्त (ङ) नम्बर बुँदामा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी सीमाभित्र रहि लगानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

 

यो बिषयमा बोर्डले स्थलगत निरीक्षण गर्दा समेत म्युचुअल फण्डहरुले गैरकानूनी ढङ्गले लगानी गरेको पाइएको बोर्डले जनाएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।