ड्रिम डेस्टिनी अस्ट्रेलिया,अमेरिका शैक्षिक मेला हुने

Aug 08, 2018 Merolagani



 उच्च शिक्षाका लागि वैदेशिक सोच बनाईरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा काठमाण्डौमा ड्रिम डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेशन फेयर हुने भएको छ ।

काठमाडौ सोह्रखट्टे स्थित भि एस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन फाउण्डेसनको आफ्नै कार्यालयमा साउन २६ गते ९अगस्ट ११० शनिवारका दिन ड्रिम डेस्टिनी अस्ट्रेलिया,अमेरिका एजुकेशन फेयर हुन लागेको हो ।

 

एक दिने शैक्षिक मेलामा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहनुका साथै प्रत्यक्ष संवाद समेत गर्न सकिने आयोजक ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले जानकारी दिनुभयो ।मेलामा इच्छुक विद्यार्थी तथा अभिभावकले आफ्नो योग्यता तथा क्षमता अनुसार अस्ट्रेलिया र अमेरिकाको शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट निशुल्क परामर्श सेवा पाउने छन् । 

साथै मेलामा अष्ट्रेलियमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका “द वान इन्टरनेशनल कलेज, भाइब कलेज, क्विन्सफोर्ड कलेज, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, अष्ट्रेलियन इन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी, पेसेफिक कलेज अफ टेक्नोलोजी, फेडेरेशन युनिर्भसिटी, चाल्र्स डार्बिन युनिर्भसिटी, युनिभर्सिट अफ सनसाइन क्वेष्टबाट सम्बन्धन प्राप्त अष्ट्रेलियन टेक्निकल एण्ड मेनेजमेण्ट कलेज, अष्ट्रेलियन इन्टरनेशनल एकेडेमी, साउथन एकेडेमी अफ विजनेश एण्ड टेक्नोलोजी, क्वीन्सल्याण्ड इन्टरनेशनल विजनेश एकेडेमी, न्यु इरा इन्सिच्युट” लगायतका कलेजको सहभागिता रहने छ ।

त्यस्तै मेलामा अमेरिकी शैक्षिक संस्थाको रुपमा विश्व स्तरीय कलेजहरु “कंकर्ड युनिर्भसिटी, नोभा साउथइस्र्टन युनिर्भसिटी, मर्निङ साइड कलेज, युनिर्भसिटी अफ एडभान्सिङ टेक्नोलोजी, इसीपीआइ युनर्भसिटी” को सहभागिता रहने छ । विहान १० बजे देखी बेलुका ५ बजे सम्म चल्ने मेलामा विद्यार्थीहरुले आफ्ना शैक्षिक प्रमाण सहित मेलामा सहभागिता जनाएको अवस्थामा मेला स्थलबाटै अस्ट्रेलिया र अमेरिका जानको लागी भिषा प्रक्रियाको सुरुवात गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

विद्यार्थीहरुको इच्छा अनुसार संसारका जुनसुकै देशमा वैदेशिक शिक्षाका लागी परामर्श सेवा दिंदै आईरहेको ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनले अमेरिका तथा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गर्न लागेको शैक्षिक मेलामा अन्य देशमा जान चाहने विद्यार्थीले पनि उचित परामर्श लिन सक्ने आयोजकले जनाएको छ । निशुल्क प्रवेश,निशुल्क परामर्शको सुविधा रहेको मेलामा विद्यार्थीहरुले आफ्नो योग्यता र क्षमता अनुसारको कोर्स छनोट गरी बैदेशिक उच्च शिक्षाको बाटो तय गर्न सक्नेछन् ।

यस्तै विशेषगरी आइएलटिएस अध्ययन सकेका, अध्ययन गरिरहेका तथा अध्ययन गर्ने सोचाईमा रहेका विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा विशेष छुटका साथै मेला अवलोकन तथा परामर्श पश्चात विभिन्न गिफ्ट ह्याम्पर प्रदान समेत गरिनेछ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।