सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमको १२ प्रतिशत लाभांश प्रस्ताव

Aug 12, 2018 Merolagani



एक अर्बको सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीम (SEOS) ले गतबर्षको कमाईबाट आफ्ना इकाईधनीलाई १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलले कर सहित १२ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको हो ।

ओरियन्टड स्कीमले लाभांश प्रयोजनका लागि भदौ ४ गते शेयर धनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । साथै उक्त प्रतिफल वितरण पश्चात योजनाको समायोजित प्रति इकाई खुद सम्पत्तिको मूल्य १०.१४ रुपैयाँ कायम रहने पनि क्यापिटलले जनाएको छ ।

आइतबार नेप्सेमा ओरियन्टड स्कीमको प्रति इकाई मूल्य ११ रुपैयाँ २१ पैसा रहेको छ ।

एक अर्बको सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमको गत असार मसान्तसम्मममा खुद सम्पत्ति एक अर्ब १५ करोड ४० लाख ८३ हजार ७११ रुपैयाँ छ । सो अवधिमा ओरियन्टेड स्कीमको प्रति इकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ५४ पैसा थियो ।

ओरियन्टड स्कीमले ७४ सूचीकृत कम्पनीमा ५९ करोड २० हजार रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निष्काशन, हकप्रद सेयर, बोनस सेयरमा ५ करोड ४३ लाख ३९ हजार रुपैयाँ तथा ऋणपत्र तथा बन्डमा तीन करोड २० लाख ४२ हजार रुपैयाँ लगानी गरेको छ ।

यस फण्डले मुद्धती निक्षेपमा दश करोड तथा ३६ करोड ७१ लाख ९३ हजार रुपैयाँ बैंक निक्षेप राखेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।