निक्षेपको व्याजदर घट्दा बैंकहरुले घटाएनन् कर्जाको व्याजदर, कमाई बढाउन मौकामा चौका हान्दै

Aug 30, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो महिना बित्दै गर्दा बैंकहरुले व्याजदर घटाएको सूचना निकाल्न थालेका छन् । बैंकिङ्ग प्रणालीमा तरलताको चरम अभाव भएपछि निक्षेप तान्न बैंकहरुले बढाएको ब्याजदर विस्तारै एकपछि अर्को गर्दै घट्न थालेको हो । तर कुनै बैंकले कर्जाको व्याजदर घटाउन सकेका छैनन् ।

  पछिल्ला महिनाहरुमा झिनो अन्तरले व्याजदर घटाउने क्रममा रहेका बैंकहरुले भदौ महिनामा पनि निक्षेपको व्याजदर घटाएका छन् । लगानीयेग्य रकमको सहजताका साथै वित्त बजार सामान्य बन्दै गर्दा बैंकहरुले निक्षेपको व्याजदर घटाएका हुन् ।

तर बैंकहरुले निक्षेपको व्याजदर घटाउन थालेको महिनौं बित्दा समेत कर्जाको व्याजदर घटाउन सकिरहेका छैनन् । पछिल्लो पटक व्याजदर सार्वजनिक गरेका ८ वाणिज्य बैंकको मुद्धती निक्षेपको व्याजदरमा आएको गिरावट यस्तो छ ।

उल्लेखित तालिकामा कुमारी, इन्भेष्टमेण्ट र सिटिजन्स बैंकले मुद्धती बचतको व्याजदर घटाएका छैनन् ।

उता साधारण बचततर्फ नबिल बैंकर इन्भेष्टमेण्ट बैंकले बाहेक आधा दर्जन बैंकले व्याजदर घटाएका छन् । साधारण बचतमा बैंकहरुले गरेको परिवर्तन यस्तो छ ।

निक्षेपको व्याजदर मात्र घटाएर कर्जाको व्याजदर नघटाएका कारण बैंकहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासको कमाई गज्जबको देखिने भएको छ । आफ्नो कमाईलाई मात्र बैंकहरुले ध्यानमा राख्दै व्याजदर घटाउन आनाकानी गर्दा त्यसको नकारात्मक असर आम सेवाग्राहीका साथै अर्थतन्त्रमा समेत देखिँदै आएको छ । तर असोज मसान्तमा बैंकहरु भने कर्जाको व्याज असुलेर नै राम्रो वित्तीय विबरण पस्किने अवस्थामा पुग्ने छन् । बैंकहरुको कर्जाकाे प्रिमियमको तथ्य यस्तो छ ।

उल्लेखित प्रिमियमको अवस्था मात्र नभई बैंकहरुको आधार दरमा पनि परिवर्तन आएको देखिँदैन । जसका कारण नबिल बैंकमा कर्जाको व्याजदर उल्टै केही बढेको देख्न सकिन्छ । तथ्य यस्तो छ ।

सेयर कर्जामा पनि बैंकहरुले कुनै परिमार्जन गरेको देखिँदैन । अझ स्टाण्डर्ड चार्टर्ड लगायत बैंकले सेयर कर्जा शिर्षकमा व्याजदर नै तोकेका छैनन् । भएको व्याजदर पनि नघट्नु अनि सेयर कर्जा शिर्षक नै नहुनुले सेयर बजारका लगानीकर्ता उत्साहित हुनेभन्दा निरुत्साहित हुने आँकलन गर्न सकिन्छ ।

स्प्रेड ५ प्रतिशतभन्दा बढी बनाएर कर्जाको व्याजदर नघटाई कमाई मात्र गर्ने ध्याउन्नमा बैंकहरु रहेको देखिएको छ । यसमा नबिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकले ताकेकोभन्दा धेरै स्प्रेडमा कर्जा तथा निक्षेप परिचालन गरिरहेको देखिन्छ । तथ्यले स्प्रेडको अवस्था यस्तो देखाउँछ ।

बैंकहरुको व्याजदरका सम्बन्धमा चौतर्फी आवाज उठ्ने गरे पनि त्यसको सुनुवाई कतैबाट हुन सकिरहेको छैन । बाध्यतामा बैंकहरुले निक्षेपको व्याजदर बढाउँदा रातारात कर्जाको व्याजदर पनि बढाएका थिए । तर,अहिले निक्षेपको व्याजदर घट्न थालेको लामो समय बित्दा समेत कर्जाकाे व्याजदर नघटाउनुले समग्र अर्थतन्त्रलाईभन्दा आफ्नो कमाईलाई बैंकहरुले प्राथमिकतामा राखेको अनुभव आम सर्वसाधारणले गरिरहेका छन् । यसले सेयर बजार मात्र नभई समग्र वित्तीय क्षेत्र उत्साहित हुन नसक्ने अवस्थालाई उजागर गर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।