होङ्सी शिवम सिमेण्टमा बैंकहरुले १६ अर्ब ऋण लगानी गर्ने, ५ बैंक कुन् हुन् ?

Sep 03, 2018 Merolagani

होङ्सी शिवम् सिमेण्टमा वाणिज्य बैंकहरुले पहिलो चरणमा १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ३६ अर्ब रुपैयाँको लगानीमा खुलेको सिमेण्ट उद्योगका लागि २ चिनीयाँ बैंक नेपाली बैंकका लागि बैंक ग्यारेण्टीमा बसेका छन्। सिमेण्ट उद्योगमा ऋण लगानी गर्ने सम्बन्धमा राजधानीमा सोमबार सम्झौता भएको छ ।

एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल एसबिआर्इ बैंकले सह-वित्तीयकरणमा ऋण लगानी गर्ने सम्झौता भएको हो । यो ऋण सम्झौता सात वर्षका लागि गरिएको हो ।

नेपालको शिवम् सिमेन्ट र चीनको होङ्सी सिमेन्टको संयुक्त लगानीमा सञ्चालनमा आएको होङसी शिवम् सिमेन्टलाई नेपाली बैंकले ऋण उपलब्ध गराउँदै गर्दा चीनका २ बैंकहरु ग्यारेन्टी बसेका छन् । चीनका बैंक अफ चाइना र नेमसिङ बैंकको ग्यारेन्टीमा नेपाली बैंकहरुले ऋण लगानी गर्न लागेका हुन् । एनएमबि बैंक होङ्सी शिवम् सिमेन्टको सेक्युरिटिज एजेन्ट रहेको छ ।

३० प्रतिशत स्वदेशी तथा ७० प्रतिशत चिनीयाँ लगानीमा होङ्सी शिवम् सिमेन्ट सञ्चानलनमा आईसकेको छ । जसमा शिवम् सिमेन्टको ११ अर्ब ४ करोड रुपैयाँ तथा होङ्सी सिमेन्टको २५ अर्ब हिस्सा रहने बताइएको छ । जानकारी अनुसार चीनबाट लगानी ल्याएर काम गर्दै आएको होङ्सी शिवमले एनएमबि र प्रभु बैंकबाट एक अर्ब रुपैयाँ ऋण रकम लगिसकेको छ ।

कम्पनीले पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइयो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।