युनिलिभरद्धारा कार्तिक ७ गते साधारण सभा आह्वान, २१ असाेजसम्म कायमलार्इ लाभांश

Sep 30, 2018 Merolagani

युनिलिभर नेपाल (UNL) ले  २५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । गत अार्थिक बर्षकाे नाफाबाट लगानीकर्तालाई बितरण गर्ने प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन कम्पनीले आगामी कार्तिक ७ गते साधारण सभा डाकेकाे हाे ।

नेपाली पूँजी बजारमा सर्वाधिक महङ्गो सेयरमूल्य रहेको कम्पनीले साधारण सभाका लागि असोज २२ गतेदेखि कार्तिक ७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार कम्पनीको लाभांश असोज २१ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र प्राप्त गर्नेछन् । 

कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको थियाे । 

कम्पनीले  शेयरधनीलाई चुक्ता पूँजी ९ करोड २१ लाखको ७०० प्रतिशत नगद अर्थात ६४ करोड ४७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

नाफा बढेपनि युनिलिभरले अघिल्लो बर्षको तुलनामा गत बर्ष ५७० प्रतिशतले लाभांश घटाएको हो । अघिल्लाे अावमा ९६ कराेड नाफा कमाएकाे कम्पनीले गत आर्थिक वर्षमा कम्पनीले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

आर्थिक बर्ष २०७३/७४ मा युनिलिभरले २५ औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

अहिले युनिलिभरको प्रतिकित्ता सेयरमूल्य २४ हजार ७९९ रुपैयाँ छ । प्रतिशतका आधारले धेरै लाभांश देखिएपनि शेयरमूल्य उच्च रहँदा कम्पनीले वितरण गर्ने (७०० प्रतिशत) लाभांश लगानीका आधारमा भने ३ प्रतिशत भन्दा कम हुन आउँछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।