युनिलिभरद्धारा कार्तिक ७ गते साधारण सभा आह्वान, २१ असाेजसम्म कायमलार्इ लाभांश

Sep 30, 2018 Merolagani



युनिलिभर नेपाल (UNL) ले  २५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । गत अार्थिक बर्षकाे नाफाबाट लगानीकर्तालाई बितरण गर्ने प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन कम्पनीले आगामी कार्तिक ७ गते साधारण सभा डाकेकाे हाे ।

नेपाली पूँजी बजारमा सर्वाधिक महङ्गो सेयरमूल्य रहेको कम्पनीले साधारण सभाका लागि असोज २२ गतेदेखि कार्तिक ७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार कम्पनीको लाभांश असोज २१ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र प्राप्त गर्नेछन् । 

कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको थियाे । 

कम्पनीले  शेयरधनीलाई चुक्ता पूँजी ९ करोड २१ लाखको ७०० प्रतिशत नगद अर्थात ६४ करोड ४७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

नाफा बढेपनि युनिलिभरले अघिल्लो बर्षको तुलनामा गत बर्ष ५७० प्रतिशतले लाभांश घटाएको हो । अघिल्लाे अावमा ९६ कराेड नाफा कमाएकाे कम्पनीले गत आर्थिक वर्षमा कम्पनीले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

आर्थिक बर्ष २०७३/७४ मा युनिलिभरले २५ औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

अहिले युनिलिभरको प्रतिकित्ता सेयरमूल्य २४ हजार ७९९ रुपैयाँ छ । प्रतिशतका आधारले धेरै लाभांश देखिएपनि शेयरमूल्य उच्च रहँदा कम्पनीले वितरण गर्ने (७०० प्रतिशत) लाभांश लगानीका आधारमा भने ३ प्रतिशत भन्दा कम हुन आउँछ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।