समयमै नविकरण शुल्क नतिर्ने कम्पनीहरुलाई कडा कारबाही किन नगर्ने ?

Oct 24, 2018 Merolagani



अन्तिम समयमा हतारिएर सबै काम सक्ने चलन नेप्सेमा सूचीकृत कम्पनीहरूमा पनि व्याप्त छ । कम्पनीहरुले लापरबाहीले सेयर कारोबार बन्द हुँदा चाहेको बेलामा लगानीकर्ताले सेयर बेच्न नपाईरहेका घटना यस अघि प्रशस्तै आई सकेका छन् । अहिले पनि यो क्रम चुलिएको छ । यस्ता कम्पनीलाई कडा कार्बाही गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।

हरेक वर्ष नविकरण शुल्क समयमा नबुझाउँदा धेरैजसो कम्पनीहरुको सेयर कारोबार रोक्का हुँदै आएको छ । यस पटक पनि लगानीकर्ताको मर्मलाई सूचीकृत कम्पनीहरुले बेवास्ता गरे । जसले धेरै कम्पनीहरुको सेयर कारोबार रोक्का हुन पुग्यो ।

जसका कारण आम लगानीकर्ता भने समस्यामा पर्दै आएका छन्। यसरी सेयर कारोबार रोक्का भएकामध्ये २ कम्पनीले बल्ल नविकरण शुल्क बुझाएका छन् । सो पछि नेप्सेले ती २ कम्पनीको सेयर कारोबार सुचारु गराएको छ ।

नेप्सेका अनुसार नविकरण शुल्क बुझाएपछि आरएसडीसी लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको शेयर कारोबार बुधबारदेखि सुचारु गरिएको हो ।

आइतबार २ दर्जनभन्दा बढी कम्पनीहरुले वार्षिक नविकरण शुल्क नबुझाए पछि नेप्सेले सबै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।

कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्य अर्थात असोज मसान्तमा नबीकरण शुल्क बुझाउनु पर्ने हुन्छ । यो विषय थाहा भएर पनि कम्पनीहरुले हेलचेक्राँई गरेका हुन् ।

यसले सूचीकृत कम्पनीहरु लगानीकर्ताप्रति जवाफदेही नहुनुका साथै संस्थागत सुशासनमा कमजोर रहेको देखाएको हो ।

यस्ता कम्पनीहरुलाई सेयर कारोबार रोक्का गर्ने मात्र नभई अझै कडा किसिमको कार्वाही गर्नु पर्ने टड्कारोबा आवश्यक्ता देखिएको छ । नत्र भने प्रत्येक आर्थिक वर्षमा नविकरण शुल्क तिर्नुपर्ने विषय थाहा हुँदा हुँदै किन कम्पनीहरु गल्ती दोहोर्याई रहन्छन् ?

कारोबार रोक्का गरिएका कम्पनीमध्ये सोमबार ५ वटाको, मंगलबार २ वटा कम्पनीको र बुधबार थप २ गरी ९ कम्पनीको मात्र सेयर कारोबार सुचारु भएको हो ।

नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नविकरण शुल्क असाेज मसान्तसम्म बुझाउन भदौमा नै सूचीकृत सबै कम्पनीलाई पत्राचार गरेको थियो । एक महिनासम्म कम्पनीहरु रमिता हेरेर बसेका कारण अहिले यो अवस्था आएको हो ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।